अल–शबाबमाथि सोमालियाली सेनाको कारबाहीमा

१८ मंसिर,एजेन्सी ।
सोमालियाको मध्य भागमा पर्ने हल्गान शहरनजिकै आइतबार बिहान सोमालियाली राष्ट्रिय सेनाले गरेको संयुक्त कारबाहीमा ६० जना अल–शबाब लडाकु मारिएका छन्। झडपमा कैयौँ घाइते भएका छन् । सोमालियाको सूचना, संस्कृति तथा पर्यटन मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मध्य सोमालियाको क्षेत्रमा आक्रमण गर्न पुनः समूहबद्ध भएका अल–शबाब लडाकु र उनीहरूका कमान्डरलाई लक्षित गरी उक्त कारबाही गरिएको हो।

’ मन्त्रालयले भनेको छ, ‘सोमालियाली सेना र अन्तर्राष्ट्रिय साझेदारहरूले त्यस क्षेत्रमा धेरै आतङ्कवादी अखडा र हतियारहरू पनि नष्ट गरेका छन् । सेनाले अझै पनि घटनास्थलबाट भागेका आतङ्ककारीहरूको खोजी गरिरहेको छ।’ अल–शबाब समूहले पछिल्लो सैन्य कारबाहीबारे कुनै टिप्पणी गरेको छैन ।

सोमालियास्थित अफ्रिकी सङ्घ मिसनको सहयोगमा सोमालियाली सरकारी सेनाले सन् २०११ मा अल–शबाबलाई मोगादिशुबाट लखेटेको थियो । यद्यपि, आतङ्कवादी समूह अझै पनि सरकारी प्रतिष्ठान, होटल, रेस्टुरेन्ट र सार्वजनिक स्थललाई लक्षित गरी आक्रमण गर्न सक्षम छ ।

Advertisement

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top