गाजामा १६ हजार मारिए, कहिले रोकिएला बमबारी ?

१९ मंसिर, एजेन्सी ।
गाजामा इजरायलको आक्रमणले १६ हजार मानिसको मृत्यु भएको हमासले दाबी गरेको छ । हमासद्वारा संचालित स्वास्थ्य मन्त्रालयले गाजामा युद्धमा परी मृत्यु हुनेको संख्या १६ हजार नजिक पुगेको जनाएको हो । अक्टोबर ७ पछि अर्थात् इजरायल–हमास युद्ध सुरु भएपछि गाजामा १५ हजार ८ सय ९९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

हमासका अनुसार मारिनेमा ७० प्रतिशत महिला र बालबालिका रहेका छन् । इजरायलले युद्धको उद्देश्य हमासलाई गाजा पट्टीबाट सखाप पार्नु रहेको बताएको छ । ७ अक्टोबरमा हमास लडाकुहरूले इजरायलमा प्रवेश गरी गरेको आक्रमणमा १२ सय जनाको मृत्यु भएको थियो ।

त्यसबेला हमासले करिब २ सय ४० जनालाई बन्धक बनाएर लगेको थियो । शुक्रबार समाप्त भएको सात दिने अस्थायी युद्धविराममा सयभन्दा बढी बन्धकहरूलाई रिहा गरिएको थियो । युद्ध जारी रहेकोले मारिनेहरूको संख्या दिनदिनै बढिरहेको छ ।

Advertisement

यसबीच प्यालेस्टिनी क्षेत्रमा रहेका नागरिकको सुरक्षाको आह्वानसहित अन्तर्राष्ट्रिय रेडक्रस समितिका अध्यक्ष युद्धग्रस्त क्षेत्र गाजा पुगेका छन् । रेडक्रसको अन्तर्राष्ट्रिय समितिका अध्यक्ष मिर्जाना स्पोल्जारिक आफू गाजामा रहेको र मानिसहरुको असह्य पीडालाई देखिरहेको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

कतार, अमेरिका र इजिप्टको मध्यस्थतामा इजरायल र हमासले केही बन्धक र कैदीहरू आदानप्रदान गरेको एक हप्ता लामो युद्धविराम भङ्ग भइ शुक्रवारदेखि पूर्ण रूपमा युद्ध शुरु भएपछि उनी गाजा पुगेका हुन् । उनले गाजामा सर्वसाधारणका लागि कुनै पनि स्थान सुरक्षित नहुनु अस्वीकार्य रहेको बताएका छन् ।

Advertisement

बन्धकलाई रिहा गर्नुपर्ने र आईसीआरसीलाई सुरक्षित रूपमा उनीहरूसँग भेट्न दिनुपर्नेमा उनको जोड छ । त्यहाँ सैन्य घेराबन्दीका कारण पर्याप्त मानवीय सहायता पनि सम्भव नरहेको आईसीआरसीले विज्ञप्तिमा जनाएको छ ।

Advertisement

भर्खरको समाचार

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

सम्बन्धित समाचार

Scroll to Top