×

NEPAL TIMES UPDATES

Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026
Playing
Top 15 Afternoon News || April-23-2026 || Nepal Times
Apr 23, 2026
Playing
संविधान संशोधनबारे हर्कले दिए ९ बुँदे सुझाव, संसदबाहिर बाटै मन्त्री || Nepal Times
Apr 23, 2026
Playing
होर्मुजमा बारूदी सुरूङ हटाउन Americaलाई ६ महिना लाग्ने || Nepal Times
Apr 23, 2026

बालबालिकालाई ‘एनिमल’ देखाउने हललाई कारबाही

१९ मंसिर २०८०

१९ मंसिर,एजेन्सी ।
भारतमा मात्रै नभई ग्लोबल ग्रस कलेक्सनमा समेत कीर्तिमानी कमाई गरिरहेको हिन्दी चलचित्र ‘एनिमल’ बालबालिकालाई देखाएको भन्दै काठमाडौंको एक सिनेमा हल कारबाहीमा परेको छ । काठमाडौंको नयाँ बानेश्वरस्थित चलचित्र हल ‘वन सिनेमाज’लाई चलचित्र विकास बोर्डले उक्त सिनेमा देखाएको भन्दै कारबाहीको लागि सम्बन्धित निकायमा सिफारिस गरेको छ ।

प्राप्त सूचनाको आधारमा सोमबार साँझ साढे ६ बजे सुरु भएको चलचित्र चलिरहेको समयमा बोर्ड सदस्यहरू राजु केसी, केएल बुढाथोकी, रवि अधिकारी, बक्स अफिस अधिकृत प्रवीण पाण्डे, अध्यक्ष भुवन केसीका सहयोगी नीराजन गिरी सो हलमा तथ्य चेकजाँचको लागि पुग्दा बालबालिकालाई टिकट बिक्री गरी देखाइरहेको भेटिएको हो ।

Advertisement
Advertisement

हल व्यवस्थापनलाई ती बालबालिकाहरूको टिकट तत्काल फिर्ता गर्न लगाइएको थियो । सो चलचित्रले केन्द्रीय चलचित्र जाँच पास समितिबाट १६ वर्ष माथिका उमेर समूहले मात्र हेर्न मिल्ने ‘ए’ प्रमाणपत्र प्राप्त गरेको छ । यसको आधारमा बालबालिकालाई सो चलचित्र देखाउनु गैर कानुनी ठहर्छ ।

बालबालिकालाई ‘एडल्ट’ चलचित्रको टिकट बिक्री नगर्न बोर्डले अनुरोध गरेको छ । ‘कानुन विपरीत बालबालिकालाई एडल्ट चलचित्रको टिकट बिक्री गर्ने हललाई आवश्यक कारबाही प्रक्रिया अघि बढाइनेछ । हाम्रो समाजप्रति उत्तरदायी हुँदै बालबालिकालाई एडल्ट चलचित्रको टिकट बिक्री नगर्न सम्पूर्ण हल सञ्चालकहरूलाई अनुरोध गर्दछौं’, अनुगमन समितिका संयोजक राजु केसीले बताए ।

कानुनले वर्जित गरेको कार्य गरेको भेटिएमा कानुनबमोजिम आवश्यक कारबाही हुने उनको भनाइ छ । सो घटनाबारे थप अनुसन्धान गरी बोर्डको तालुकदार निकाय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा प्रतिवेदन बुझाउने तयारी भइरहेको बोर्ड प्रवक्ता केएल बुढाथोकीले बताए ।

’एनिमल’ को भारतमै पनि सामाजिक सञ्चालमा आलोचना भइरहेको छ। शुक्रबारदेखि फिल्म प्रदर्शन भएपछि दर्शकले स–साना भिडिओ क्लिप सामाजिक सञ्चालमा सेयर गरिरहेका छन्। जसमा फिल्मका पुरुष पात्रले महिला पात्रलाई शारीरिक, मानसिक हिंसा गरिरहेको क्लिप छन्।

Advertisement

फिल्मलाई दर्शकले मिश्रित प्रतिक्रिया दिइरहेका छन्। कतिपयले फिल्मलाई राम्रो बताएका छन् भने कतिपयले धेरै हिंसात्मक भएको बताएका छन्। अभिनेता रणवीर कपूरको मुख्य भूमिका रहेको फिल्ममा अभिनेत्री रश्मिका मन्दाना, बबी देओल, अनिल कपूरको अभिनय छ। एनिमलले शाहरुख खानको सफल चलचित्र पठानको रेकर्ड तोडिसकेको छ ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top