१९ मंसिर, काठमाडौं ।
मंगलबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज नेप्से सूचक १०.१० अंकले घट्दै १८ सय ३७.७१ अंकमा ओर्लिएको हो । सेन्सेटिभ इन्डेक्स समेत आज २.१४ अंकले घट्दै ३५१.०७ अंकमा झरेको छ ।
तथापि, यता कारोबारमा भने केहीँ सुधार हुँदै आज १ अर्ब ५४ करोड ४९ लाख रुपैयाँ बराबरको ४६ लाख ९८ हजार कित्ता सेयर किनबेच भएको छ ।आज जीवन बीमा समूह बाहेक १२ वटा उपसूचक ऋणात्मक भएका छन् ।
सबैभन्दा बढी म्यानु एण्ड प्रो समूहको उपसूचक २.५७ प्रतिशतले घटेको छ भने होटल तथा पर्यटन समूहको उपसूचक क्रमशः १.७१ प्रतिशत र १.११ प्रतिशतले घटेका छन् । जीवन बीमा समूहको उपसूचक भने आज ०.१६ प्रतिशतले मात्र बढेको छ ।
यस दिन सिंगटी हाइड्रो इनर्जी लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने बिसाल बजार कम्पनी लिमिटेडको सेयर मूल्य ९.५३ प्रतिशतले घट्न पुगेको छ ।