नेपालबाट कसरी अमेरिका पुग्छन् भगवानका मूर्तिहरु ?

१९ मंसिर,काठमाण्डौ ।
नेपालबाट चोरी गरी तस्करले अमेरिका पु¥याएका चार वटा पुरातात्त्विक मूर्ति अमेरिकाले नेपाल सरकारलाई फिर्ता गरेको छ । न्यूयोर्कमा विशेष कार्यक्रम गरी नेपाली महावाणिज्य दूतावासमार्फत् ती मूर्ति नेपाललाई हस्तान्तरण गरिएको हो । १६ औँ र १७ औँ शताब्दीका पुरातात्त्विक मूर्ति लामो अनुसन्धानपछि अमेरिकाले नेपाललाई हस्तान्तरण गरेको हो ।

फिर्ता गरिएका पुरातात्त्विक मूर्तिमा दुई वटा भैरव तथा शिव पार्वती (उमा महेश्वर) र दुर्गाको ढुङ्गाको मूर्ति रहेको कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतमले बताएका छन् । उनले प्राप्त मूर्ति परराष्ट्र मन्त्रालय, पुरातत्त्व विभाग र अन्य सम्बन्धित निकायसँग समन्वय गरी छिट्टै नेपाल पठाउने बताएका छन् ।

नेपालबाट विभिन्न कालखण्डमा यी मूर्तिहरु चोरी गरी अमेरिका पुर्याइएका हुन् । न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको पटक पटकको पहलपछि अमेरिकी सरकारले लामो अनुसन्धानपछि मात्र यी मूर्तिहरु नेपाल सरकारलाई हस्तान्तरण गरेको कार्यवहाक महावाणिज्य दुत गौतमले बताए ।

Advertisement

उनले नेपालको पुरातात्विक सम्पदा फिर्ता गरेकोमा कृतज्ञता ज्ञापन गर्दै यसको अनुसन्धानमा खट्ने अधिकृतहरुलाई विशेष धन्यवाद व्यक्त गरे । यसअघि महावाणिज्य दूतावासको पहलमा १०औं शताब्दीदेखि १७औं शताब्दीका १६ वटा पुरातात्विक मूर्ति तथा वस्तु स्वदेश फर्काउन नेपाल सरकार सफल भएको छ ।

पुरातत्व विभागका अनुसार ०५१ सालमा अमेरिकाबाट ४० थान मूर्ति फिर्ता आएका थिए। ती मूर्तिहरू राष्ट्रिय संग्रहालयमा राखिएको छ। यस्तै, ०५३ मा बेलायतबाट १९ थान मूर्ति फिर्ता भएका थिए। ती मूर्तिलाई पनि संग्रहालयमै राखिएको छ।

Advertisement

सांस्कृतिक सम्पदाको विशिष्ट गुण, कौतूहल र सौन्दर्यबाट प्रभावित भएर यस्ता वस्तु सङ्कलन गरिने परम्परा प्राचीनकादेखि कै हो । विशेष गरी समाजमा अग्रस्थान राख्ने व्यक्तिहरूले नै सोखको रूपमा सांस्कृतिक वस्तुहरूलाई बढी रकम तिरी खरिद गरी सञ्चय गर्ने परम्पराको सुरुवातले सांस्कृतिक सम्पदाहरूको चोरी, ओसारपसार र अवैध निकासीमा टेवा पुग्ने गरेको पुरातत्त्व विभागले जनाएको छ ।

विभागका अनुसार सन् १९५० पूर्व नेपालबाट के कति सांस्कृतिक सम्पदाहरू बाहिरिए त्यसको रेकर्ड समेत पाइएको छैन । तर, विश्वका विभिन्न प्रख्यात सङ्ग्रहालयहरूमा प्रदर्शनमा राखिएका विशिष्ट किसिमका नेपाली कलाकृतिहरूले नेपालबाट हजारौँको सङ्ख्यामा महत्त्वपूर्ण कलाकृति बाहिरिएको कुरालाई भने नकार्न नसकिने विभागको निष्कर्ष छ ।

पुरातत्त्व विभागले चोरी भएका मूर्तिहरू स्वदेश फर्काउने पहल ०४२ सालदेखि नै शुरु गरेको हो। त्यो क्रम अहिले पनि निरन्तर छ। नेपालबाट चोरी भएका मूर्तिहरू अमेरिका, बेलायत, अस्ट्रिया, फ्रान्स, चीन, तिब्बत, जर्मनी, इटाली र भारतलगायत देश र क्षेत्रमा पु¥याइएको पाइएको छ।

नेपालबाट मूर्तिहरू कसरी चोरिन्छन् ? कसरी अमेरिका, बेलायत, अस्ट्रिया, चीन र भारतलगायत देशमा पुग्छन् ? र, त्यसमा कसको संलग्नता रहन्छ ? यी प्रश्नको जवाफ विभागसँग छैन। हालसम्म नेपालबाट कति मूर्ति चोरी भई विदेश पु¥याइयो भन्ने यकिन तथ्यांक कसैसँग छैन।

तथापि, लामो अध्ययनपछि प्रकाशित विभिन्न पुस्तकका आधारमा करिब ५०० मूर्ति तथा पुरातात्त्विक महत्त्वका वस्तुहरू चोरी भएर विदेश पु¥याइएको अनुमान गर्न सकिन्छ। तिनै किताबहरूलाई आधार मानेर नेपालका मूर्तिहरू दाबी गर्दै फिर्ता गराउने क्रम बढेको छ। अहिले फिर्ता ल्याइएकाबाहेकका मुलुकमा पनि नेपालका मूर्तिहरू पुगेको अनुमान छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top