×

NEPAL TIMES UPDATES

Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-27-2082 || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र र खुश्बु || Nepal Times
Apr 10, 2026
Playing
ओली–लेखक जमानतमा रिहा, मुद्दा ज्यूँका त्यूँ, अब के हुन्छ ? || Nepal Times
Apr 10, 2026
Playing
देउवालाई इन्टरपोल मार्फत नेपाल ल्याउन छैन् सहज || Nepal Times
Apr 10, 2026
Playing
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ || Nepal Times
Apr 10, 2026
Playing
रुबीलाई बहिनी भनिएकोमा हर्कको आपत्ति,माननीय भनौं, ज्येष्ठ नागरिकलाई सम्मान गरौं|| Nepal Times
Apr 10, 2026

प्रदूषण रोक्न काठमाडौंसहित विश्वका आठ सहर प्रमुखहरुको संयुक्त प्रतिबद्धता

२१ मंसिर २०८०

२१ मंसिर, काठमाडौँ । वायु प्रदूषणले हुने जोखिम रोक्न काठमाडौंसहित विश्वका आठ ठूला सहरका प्रमुखहरुले संयुक्त प्रतिबद्धता जनाएका छन् ।

संयुक्त अरब इमिरेट्स (यूएई)मा संयुक्त राष्ट्र संघको जलवायु परिवर्तन सम्बन्धी २८ औं सम्मेलन (कोप–२८) चलिरहँदा स्वस्थ सहरका लागि साझेदारी (पार्टनरसिप फर हेल्दी सिटिज)को विश्व सञ्जालमा आबद्ध सहरका प्रमुखहरुले जुम बैठकमार्फत यस्तो प्रतिबद्धता जनाएका हुन् ।

Advertisement
Advertisement

प्रतिबद्धता जनाउने सहरहरुमा काठमाडौं महानगरपालिकासहित अमेरिकाको सिकागो, रोमानियाको बुखारेस्ट, ब्राजिलको फोर्टालिजा, इण्डोनेसियाको जाकार्ता, बंगलादेशको ढाका, रवंदाको किगाली र उगान्डाको काम्पला छन् ।

प्रमुखहरुले बुधबार साँझ सार्वजनिक एक संयुक्त प्रतिवद्धता भनेका छन्, ‘जनसंख्याको आकार र चुनौतीहरूसँगको निकटताले सहरहरुले परिवर्तनको उदाहरणीय नेतृत्व गर्न सक्ने प्रचुर सम्भावना बोकेका छन् ।

कोप–२८ मा विश्व नेताहरू भेला भइरहँदा हामी विश्वभरका सहरहरूलाई वायु अनुगमनका प्रभावकारी कार्यक्रमहरू गर्न र आफ्ना नागरिकको जीवनस्तर सुधार गर्न तथ्यांकमा आधारित सार्वजनिक स्वास्थ्य सेवा प्रवर्द्धन गर्न आह्वान गर्दछौं ।’

प्रतिबद्धता व्यक्त गर्दै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वायु गुणस्तर अनुगमन सञ्जाललाई सुदृढ गरेर भरपर्दो नीतिसहित विद्यमान वायु प्रदूषण न्यूनीकरण गर्ने नीति रहेको बताएका छन् ।

समुदायलाई सचेत बनाउँदै प्रदूषण न्यूनीकरणमा उत्तरदायी बनाउन लक्षित कार्यक्रमहरु सञ्चालनका क्रममा रहेको उनले बताएका थिए ।

बंगलादेशको ढाका उत्तर नगरका प्रमुख मोहम्मद अतीकुल इस्लामले आफ्नो सहरले प्रदूषणमापन यन्त्रहरु जडान गरेर वायु गुणस्तर निगरानीलाई थप बलियो बनाउँदै प्रभावकारी जनस्वास्थ्य नीति अवलम्बनको क्रममा रहेको बताएका छन् ।

रोमानियाँको बुखारेस्ट नगरका प्रमुख निकुसर दानले वायु प्रदूषणसम्बन्धी तथ्यांकमा नागरिकको सहज पहुँच पु¥याउन प्रदूषण मापन यन्त्रहरुको तथ्यांक अनलाइनमा हेर्न मिल्ने ड्यासबोर्ड सन् २०२३ को सेप्टेम्बरबाट सञ्चालनमा ल्याइएको जानकारी दिए ।

रुवाण्डाको किंगाली नगरका प्रमुख पुडेन्स बिङ्गिसाले वायु प्रदूषणको प्रभाव मूल्यांकन गर्ने योजना बनाएको, कार फ्री डे र कार फ्री जोन निर्धारण गरिएको जनाए ।

युगान्डाको कम्पाला महानगरका प्रमुख एरियास लुक्वागोले उपलब्ध प्रमाणहरूको समीक्षा गरिरहेको, वायु प्रदूषण र यससँग सम्बन्धित स्वास्थ्य घटनाको स्थानीय सम्बन्ध विश्लेषण गरिरहेको बताए ।

अमेरिकाको सिकागो सहरका प्रमुख ब्रान्डन जोन्सनले आफ्नो सहरले समुदाय स्तरमा वायु प्रदूषण अनुगमन रणनीति विकास भएपछि पर्यावरणीय न्यायमार्फत आर्थिक योगदान गरिरहेको उल्लेख गरेका छन् ।

वायु प्रदूषणको अवस्था ठाउँअनुसार फरक हुने भन्दै उनले अनुगमन रणनीतिका बारेमा समुदाय स्तरमा समान बुझाइ विकास गर्न ध्यान दिएको बताए ।

यसैगरी ब्राजिलको फोर्टालेजा नगरका प्रमुख जोसे सार्टाले नगरवासीको स्वास्थ्यमा प्रदूषणको प्रभावबारे आँकलन गर्न अध्यादेश ल्याएर काम गरिएको बताए ।

Advertisement

यस्तै इण्डोनेसियाको जकार्ता नगरका गभर्नर हेरु बुडी हार्टोनोले जनचेतनाका कार्यक्रमलाई प्राथमिकता दिएको जनाएका छन् ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top