चीनको बीआरआईबाट किन बाहरियो इटाली ?

२१ मंसिर,एजेन्सी ।
इटाली सरकारले चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाबाट बाहिरिने औपचारिक घोषणा गरेको छ । इटालियन प्रधानमन्त्री जर्जिया मेलोनीको प्रशासनले चीनलाई यो वर्षको अन्त्यअघि नै यस परियोजनाबाट बाहिरिने जानकारी दिएको छ ।

इटालियाली पत्रिका ‘कोरिएरे डेला सेरा’का अनुसार लामो समयदेखि अपेक्षित बीआरआइ पूर्वाधार परियोजनासम्बन्धी निर्णयबारे तीन दिनअघि बेइजिङलाई जानकारी गराइएको थियो । हालै, संयुक्त अरब इमिरेट्समा आयोजित कोप–२८ शिखर सम्मेलनका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मेलोनीलगायत धेरै नेताहरूलाई भेटेका थिए ।

मेलोनीले प्रधानमन्त्री मोदीसँग सेल्फी खिचेकी थिइन्, जसलाई सेयर गर्दै उनले मोदीलाई ‘असल साथी’ भनेकी थिइन् । २०१९ मा चीनको सबैभन्दा महत्वाकांक्षी व्यापार र पूर्वाधार परियोजना बीआरआईमा हस्ताक्षर गर्ने इटाली एक मात्र प्रमुख पश्चिमी देश थियो ।

Advertisement

त्यसबेला अमेरिका, युरोपेली संघ र पश्चिमका धेरै देशले इटालीको आलोचना गरेका थिए । यो परियोजनामार्फत चीनले देशलाई ‘ऋणको जाल’मा फसाएर आफ्नो स्वार्थका लागि प्रयोग गरिरहेको आरोप अमेरिकाले लगाइरहेको छ । बीआरआईबाट इटालीको अलग हुनुलाई भारतका लागि सकारात्मक खबरका रूपमा हेरिएको छ ।

भारत सधैं बीआरआईको विरोध गर्दै आएको छ । यो परियोजनामा पाकिस्तान पनि संलग्न छ । चीन पाकिस्तान इकोनोमिक करिडोर अर्थात् सीपीईसी बीआरआईको एक हिस्सा हो । सीपीईसीअन्तर्गत धेरै निर्माण पाकिस्तान प्रशासित कश्मिरमा पनि भएका छन् ।

Advertisement

भारतले यसको विरोध गर्दै यो आफ्नो सार्वभौमसत्ताको उल्लङ्घन भएको बताएको छ । चीनको बीआरआईमा भारतबाहेक दक्षिण एसियाका धेरै देश सामेल छन् । पाकिस्तान, श्रीलंका, नेपाल, बंगलादेश, माल्दिभ्सलगायत भारतका प्रायः सबै छिमेकी बीआरआईमा सामेल छन् र यसलाई भारतका लागि झट्काका रूपमा हेरिएको छ ।

यस्तो अवस्थामा बीआरआईबाट इटाली अलग हुनु भारतका लागि राहत मानिएको छ । गत वर्ष सत्तामा आउनुअघि प्रधानमन्त्री जर्जिया मेलोनीले अघिल्लो सरकारले सन् २०१९ मा परियोजनामा सामेल हुने निर्णय गर्नु ‘गम्भीर गल्ती’ भएको बताएकी थिइन् ।

आलोचकहरूले ट्रिलियन डलरको लगानी योजनालाई राजनीतिक प्रभाव किन्ने उद्देश्यले गरिएको शिकारी ‘ट्रोजन हर्स’ को रूपमा उल्लेख गरेका छन् । इटालीले यस वर्षको अन्त्यसम्ममा बहिर्गमन नगरेसम्म यो सम्झौता मार्च २०२४ मा स्वतः नवीकरण हुने थियो ।

मेलोनीले सेप्टेम्बरमा दिल्लीमा भएको जी–२० शिखर सम्मेलनमा पत्रकारहरूसँग कुरा गर्दै रोमले चीनसँगको सम्बन्धमा कुनै सम्झौता नगरी यो परियोजना छोड्नसक्ने बताएकी थिइन् । फेरि मेलोनी र मोदी बीचको निकटता पछिल्लो समय बढ्दो छ । अन्तराष्ट्रिय फोरमहरुमा यी दुई नेता गफिने गरेका छन् ।

बीआरआइ चीनका राष्ट्रपति सी जिनपिङले अघि सारेको अन्तर्राष्ट्रिय विकास रणनीति वा कार्यक्रम हो । विश्वमा पूर्वाधार विकास र लगानीका लागि अघि सारिएको चीन सरकारको यस पहलमा एसिया, युरोप, अफ्रिका, मध्य पूर्व र अमेरिका क्षेत्रका गरी विश्वका १५२ देश र अन्तर्राष्ट्रिय सङ्गठन आबद्ध छन् । यसलाई प्राचीन तथा मध्ययुगीन व्यापारिक मार्गहरूको सञ्जालको आधुनिक संस्करणका रूपमा समेत लिने गरिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top