आज नेप्सेमा दोहोरो अंकको वृद्धि

२० मंसिर ८०, बिहीबार

१ मंसिर,काठमाडौं ।

Advertisement

साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक ११.७३ अंकले बढेको छ। यस दिन नेप्से परिसूचक ०.६३ प्रतिशतले बढेर १८५२.७७ बिन्दुमा बन्द भएको छ।बिहीबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।

गत कारोबार दिन १ अर्ब १४ करोड १८ लाख १२ हजार ३८२ रूपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर २ अर्ब ७९ करोड ९१ लाख ४६ हजार ४३३ रूपैयाँ पुगेको छ।यस दिन २९९ वटा धितोपत्रको ९५ लाख ०५ हजार ६०८ कित्ता सेयर किनबेच भएको हो।

Advertisement

बिहीबार त्रिशूली जलविद्युतको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेर प्रति कित्ता मूल्य २९४ रूपैयाँ ८० पैसा पुगेको छ।यस्तै, समाज लघुवित्तको सेयर मूल्य ९.९७ प्रतिशतले बढेर प्रति कित्ता मूल्य १३६ रूपैयाँ ८० पैसा पुगेको छ।बिहीबार ग्लोबल आइएमई लघुवित्तको सेयर मूल्य सर्वाधिक ७.८१ प्रतिशतले घटेको छ।

उक्त कम्पनीको सेयर मूल्य ७९१ रूपैयाँमा सीमित भएको छ।यस्तै, मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्य ५.४१ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ३५० रूपैयाँ कायम भएको छ।बिहीबार नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको सर्वाधिक कारोबार भएको छ।

Advertisement

उक्त कम्पनीको ८६ करोड ८३ लाख बराबरको सेयर कारोबार भएको हो।सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सिटिजन्स लाइफ इन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ४६८ रूपैयाँमा ९ करोड ५४ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये व्यापार समूहको परिसूचक ०.५० प्रतिशतले घटेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से बढेको हो।यसदिन निर्जीवन बीमा समूहको परिसूचक सर्वाधिक २.११ प्रतिशतले बढेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top