इतिहासमै पहिलोपल्ट रेलिगेसनमा  पेलेको क्लब सान्तोस

२० मंसिर ८०, बिहीबार

२१ मंसिर,एजेन्सी ।
ब्राजिलियन सिरी ‘ए’को क्लब सान्तोस रेलिगेसनमा परेको छ । महान् खेलाडी पेलेको पूर्वक्लब समेत रहेको सान्तोस १११ वर्षे लामो इतिहासमा पहिलोपटक रेलिगेसनमा परेको हो । बुधबार ब्राजिलको शीर्ष लिग सिरी ‘ए’को अन्तिम चरणको खेलमा फोर्टालेजासँग २–१ ले पराजित भएपछि विश्व फुटबलमा पेले, नेयमारसँगै अरू चर्चित खेलाडी दिएको सान्तोस रेलिगेसनमा परेको हो ।

 

यसअघि, सान्तोस ब्राजिलको शीर्ष डिभिजन लिगबाट घटुवा नहुने क्लबहरू साओ पाउलो र फ्लेमिंगोसँगै तेस्रो टिम थियो । तर, लिगका पछिल्ला पाँच खेलमा जितविहीन बनेपछि सान्तोस ४३ अंकसहित १७औँ स्थानमा सीमित बनेको हो । ब्राजिलियन सिरी ‘ए’बाट सान्तोससँगै गोइएस, कोरिटिबा र अमेरिका–एमजी रेलिगेसनमा परेका छन् ।

Advertisement

ब्राजिलियन स्टार पेलेले आफ्नो क्लब करियर नै सान्तोसमा बिताएका थिए । सन् १९५० देखि ६० सम्मको अवधिमा सान्तोसले चारपटक ब्राजिलियन लिग र १० पल्ट स्टेट लिगको उपाधि जितेको थियो । यस्तै, क्लबले सन् १९६२ र १९६३ को कोपा लिबेरटाडोरेस र इन्टरकन्टिनेन्टल कपको पनि उपाधि जितेको थियो । पेलेबाहेक, रोबिन्हो, नेइमार र रोड्रिगो पनि सान्तोसकै उत्पादन हुन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top