×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

न्युरो अस्पताल अब मल्टिस्पेशियालिटी होइन सुपरस्पेशियालिटी

२१ मंसिर २०८०

२१ मंसिर, विराटनगर । विराटनगरस्थित न्युरो कार्डियो तथा मल्टिस्पेशियालिटी हस्पिटल अब सुपरस्पेशियालिटी अस्पताल बनेको छ । न्युरोले अत्याधुनिक १ दशमलव ५ टेस्ला एमआरआई भित्र्याएको छ ।

यस्तै नयाँ सुविधा सम्पन्न अत्याधुनिक नयाँ भवनमा ५६ शैय्या थप गर्दै अस्पतालमा १५० भन्दा बढी शैय्याबाट अब सेवा दिने भएको छ ।

Advertisement
Advertisement

यसअघि न्युरोले ० दशमलव ३५ टेस्लाको एमआरआइबाट सेवा दिइरहेको थियो ।

नयाँ एमआरआई भित्र्याएसँगै एकै अस्पतालमा दुई एमआरआइबाट सेवा दिने कोशी प्रदेशमा नौलो अभ्यास भएको न्युरो अस्पतालका अध्यक्ष डा. विरेन्द्रराज विष्टले जानकारी दिए ।

न्युरोले आज एक कार्यक्रमको आयोजना गर्दै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीबाट अत्याधुनिक सेवा सुविधासहितको नयाँ भवन र एमआरआई सहितको सेवाको शुभारम्भ गरेको छ ।

न्युरोले नयाँ भवनबाट डेक्सा तथा अल्ट्रासाउन्ड, वातानुकुलित ओपिडी सेवाहरु डिजिटल रुपमा सुरुवात गरेको छ ।

समयको क्रमसँगै स्तरीय स्वाथ्यसेवा प्रवाह गर्न अत्याधुनिक सेवाहरु विस्तार गरिएपछि अब न्युरो मल्टिस्पेशियालिटी हस्पिटल सुपरस्पेशियालिटी अस्पताल बनेको न्युरो कार्डियो एण्ड मल्टिस्पेशियाललिटी हस्पिटलका प्रबन्ध निर्देशक राजेश भट्टराईले बताएका छन् ।

न्युरोले आफ्नो स्थापनाको २३ वर्षे यात्रामा गम्भिर प्रकृतिका रोगहरुमा विशेषज्ञ चिकित्सकहरुबाट विभिन्न २३ वटा सेवाहरु प्रदान गर्दै आएको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top