Nepal Times
Nepal Times
3
Shares

बिसिसिआईले नेपाली खेलाडीलाई पत्याएन,ipl सपना अधुरै

बिसिसिआईले नेपाली खेलाडीलाई पत्याएन,ipl सपना अधुरै

२६ मंसिर,एजेन्सी ।
इन्डियन प्रिमियर लिग(आइपीएल) २०२४ को अक्शनका लागि ‘प्लेयर लिस्ट’ जारी भएको छ । अक्सनमा दर्ता गरेका कुनै पनि नेपाली खेलाडी प्लेयर लिस्टमा अटाउन सकेनन् । पछिल्लो समय नेपालले अन्तर्राष्ट्रिय स्तरमा लगातार सफलता हात पारिरहेको र भारत र पाकिस्तान जस्ता टिमसँग एसिया कप, इमर्जिङ एसिया कप अनि एसियन गेम्समा भारतसँग खेल्दै उत्कृष्ट प्रदर्शन गरेकाले केही नामहरू अक्शनसम्म पुग्ने आँकलन गरिएको थियो ।

तर कुनै पनि खेलाडी अक्शनका लागि सर्ट लिस्टसमेत पर्न सकेनन् । नेपालबाट ७ खेलाडीले नाम दर्ता गराएका भए पनि सबै खेलाडीहरू फालिनेमा परेका हुन् । २०१८ को अक्सनमा नेपालका स्पिनर सन्दीप लामिछानेलाई दिल्ली क्यापिटल्सले २० लाखमा किनेको थियो । सन्दीप आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी हुन् ।

२०२० मा दिल्लीले सन्दीपलाई फुकुवा गरेको थियो । २०२१ र २०२२ को अक्सनको सर्ट लिष्टमा सन्दीप परेपनि कुनै पनि टोलीले किनेका थिएनन् । गत वर्ष कुनैपनि नेपाली खेलाडी अक्सनमा थिएनन् । यसपटक अक्सनमा दीपेनद्रसिंह ऐरी र सन्दीप लामिछाने बिक्न सक्ने नेपाली खेलाडीको रुपमा थिए । तर बिसिसिआईले अक्सनमै राखेको छैन् ।

बीसीसीआईले सोमबार अक्सनका लागि दर्ता भएका ११ सय ६६ खेलाडीमध्ये ३ सय ३३ खेलाडीलाई अक्शनमा राखेको छ । १९ डिसेम्बरमा दुबईमा हुने अक्शनमा १० टिमले ७७ खेलाडीलाई अनुबन्धन गर्नेछन् । अर्थात् ३ सय ३३ खेलाडीबाट ७७ खेलाडीको मात्र लिलामी हुने छ । जसमा ३० विदेशी खेलाडी रहनेछन् ।

विश्वकप २०२३ मा अस्ट्रेलियाका लागि उत्कृष्ट प्रदर्शन गरेका ट्रेविस हेडसमेत कुल २३ खेलाडीको बेस प्राइस २ करोड रहेको छ । अक्शनका लागि लिस्टमा परेका ३ सय ३३ मध्ये २ सय १४ भारतीय खेलाडी छन् । जबकी १ सय ९९ विदेशी खेलाडी रहेका छन् । एसोसिएटेड देशका दुई जनामात्र खेलाडी अक्शन लिस्टमा रहेका छन् ।

एसोसिएटेड देशबाट नेदरल्यान्ड्सका फास्ट बलर पउल भान मेकेरन र नामिवियाका अलराउन्डर डेभिड वाइसेस मात्र अक्शन लिस्टमा रहन सफल भए । अक्शनमा २३ खेलाडीको बेस प्राइस २ करोड रुपैयाँ रहेको छ । जुन सर्वाधिक उच्च हो । जसमा अस्ट्रेलिया र इंग्ल्यान्डका समान ७–७ खेलाडी रहेका छन् ।

दक्षिण अफ्रिका र भारतका ३–३ खेलाडीले आफनो बेस प्राइस २ करोड तोकेका छन् । त्यस्तै बंगलादेश, अफगानिस्तान र न्युजिल्यान्डका समान १–१ खेलाडीले आफ्नो बेस प्राइस २ करोड तोकेका छन् । अस्ट्रेलियाका, प्याट कमिन्स, ट्रेविस हेड, मिचेल स्टार्क, जोश ह्याजलवुड, स्टीव स्मिथ, जोश इंग्लिस र सीन एबर्टले आफ्नो बेस प्राइस २ करोड तोकेका छन् ।

भारतका हर्षल पटेल, शार्दूल ठाकुर र उमेश यादवको बेस प्राइस २ करोड रहेको छ । त्यस्तै इंग्ल्यान्डका आदिल रशीन, जेम्स विन्स, जेमी ओवर्टन, डेविड मलान, बेन डकेट, क्रिस वक्स र ह्यारी ब्रुक्सले आफ्नो बेस प्राइस २ करोड राखेका छन् । दक्षिण अफ्रिकाका राइली रूसो, जेराल्ड कुट्जी, रासी वान डर डसनपनि २ करोडको क्लबमा रहका छन् ।

त्यस्तै बंगलादेशका मुस्ताफिजुर रहमान, अफगानिस्तानका मुजीब उर रहमान र न्युजिल्यान्डका लक्की फर्गुसनको बेस प्राइस २ करोड रहेको छ । यी बाहेक कुल १२ खेलाडीले आफ्नो बेस प्राइस १ करोड ५० लाख र १३ खेलाडीले १ करोड आफ्नो बेस प्राइस राखेका छन् । बाँकी खेलाडीको बेस प्राइस २० लाखदेखि ७५ लाखसम्म रहेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.