एनसेलविरुद्ध अमरेशको रिटमा आज सुनुवाइ

२५ मंसिर ८०, मंगलबार

२६ मंसिर,काठमाण्डौ ।
दूरसंचार सेवा प्रदायक एनसेलविरुद्ध सांसद डा. अमरेशकुमार सिंहले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुने भएको छ । सांसद सिंहले रिट निवेदनमा नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानि पुग्ने गरी अपारदर्शी तवरमा एनसेलको सेयर खरिद–बिक्री भएको दाबी गरेका छन् ।

उनले सेयर खरिदबिक्रीको कारोबारलाई मान्यता नदिन पनि माग गरेका छन् । शुक्रबार दायर उक्त रिट निवेदनमाथि सुनुवाइका लागि आइतबार र सोमबार दुबै दिन पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो। यसैबीच सेयर खरिद बिक्री सम्बन्धीका कागजात एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणलाई उपलब्ध नगराएपछि फेरि ताकेता गरेको छ ।

११ दिन अगाडि आजियटाले एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर नेपाली मूलका व्यवसायीको बेलायतमा रहेको स्पेक्ट्रलाइट यूकेलाई बिक्री गरेको थियो । सेयर खरिद बिक्री गर्दा प्राधिकरणबाट पूर्व स्वीकृति लिनुपर्ने कानुनी प्रावधान उल्लंघन गरेको भन्दै तत्काल कागजात उपलब्ध गराउन प्राधिकरणले निर्देशन दिएको थियो ।

Advertisement

तर अहिलेसम्म पनि सेयर खरिद बिक्रीको सम्पूर्ण कागजात प्राधिकरणले प्राप्त गरेको छैन । दुई सातासम्म पनि कागजात प्राप्त नभएपछि एनसेललाई फेरि पत्र लेखेर कागजात उपलब्ध गराउन भनेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले सोमबार पत्र लेखेर एनसेललाई पठाएको जनाएको छ ।

मंसिर १३ गते मलेसियन कम्पनी आजियटाले नेपालमा लगानीको वातावरण नभएको कारण देखाउँदै एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर बिक्री गर्ने घोषणा गरेको थियो । त्यसको दुई दिनपछि नेपाली मूलका व्यवसायी शतिशलाल आचार्यको बेलायती कम्पनी स्पेक्ट्रलाइट यूकेले सम्पूर्ण सेयर खरिद गरेको जानकारी आजियटाले दिएको थियो ।

एनसेलको सेयर खरिद बिक्री प्रक्रियामा चलखेल भएको हुन् सक्ने भन्दै सरकारले छानबिन समिति बनाएको छ भने संसद्का तीनवटा समितिले चासो राखेका छन् । उनीहरुले पनि यस विषयमा छलफल गराएका छन् । सरकारले पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वमा छानबिन समिति बनाएको हो । समितिले छानबिनको काम थालिसकेको जनाएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top