अब केन्या जान भिसा नचाँहिने

२८ मंसिर,एजेन्सी ।
अफ्रिकी राष्ट्र केन्याले आगामी जनवरीदेखि सबै विदेशी आगन्तुकहरूको लागि भिसा आवश्यकता खारेज गर्ने भएको छ । केन्या जाने विदेशी आगन्तुकहरूले जनवरी २०२४ देखि भिसा लिनु नपर्ने भएको हो । राष्ट्रपति विलियम रुटोले राजधानी नैरोबीमा आयोजित जम्हुरी दिवस वा स्वतन्त्रता दिवसको उत्सवमा यस्तो घोषणा गरेका हुन् ।

रुटोले आगामी जनवरीदेखि सबै विदेशी नागरिक भिसा बिना नै देशमा प्रवेश गर्ने बताए । यस कदमले पर्यटन प्रवद्र्धन गर्ने अपेक्षा गरिएको छ । केन्याली नेताले भिसामुक्त नीति लागू गर्न सरकारले देशमा आउने सबै यात्रुलाई इलेक्ट्रोनिक प्लेटफर्ममार्फत पहिल्यै पहिचान गर्न डिजिटल प्लेटफर्म अपनाएको बताए ।

केन्याले यसअघि इण्डोनेसिया, सेनेगल र कंगोका नागरिकहरूका लागि भिसा बिनै प्रवेश दिएको थियो । राष्ट्रपति रुटोले सेप्टेम्बर २०२२ मा सत्ता लिएपछि महाद्वीपको एकीकरण एजेण्डालाई साकार पार्न केन्या भ्रमण गर्ने अफ्रिकीहरूका लागि भिसा उन्मुलन गर्न वकालत गर्दै आएका छन् ।

Advertisement

केन्या पूर्वी अफ्रिकामा स्थित एउटा देश हो । भूमध्य रेखामा हिन्द महासागर सँग टासिएको यो देशको सिमा उत्तरमा इथियोपिया, उत्तर–पूर्वमा सोमालिया, दक्षिणमा तन्जानिया, पश्चिममा युगाण्डा र भिक्टोरिया ताल तथा उत्तर पश्चिममा सूडान सँग जोडिएर रहेको छ । यस देशको राजधानी तथा सबैभन्दा ठूलो शहर नैरोबी हो ।

यो देशको नाम माउन्ट केन्याबाट राखिएको छ, जुन यो देशको एउटा महत्त्वपूर्ण प्रतीक हो र अफ्रिका महादेशको दोश्रो सबैभन्दा अग्लो पर्वत शिखर हो । सन् १९२० भन्दा पहिला त्यसलाई ब्रिटिश ईस्ट अफ्रिकाको संरक्षित राज्यको रूपमा चिनिन्थ्यो । केन्यालाई वन्यजन्तुको बासस्थानका लागि पनि चिन्निछ ।यहाँ वन्यजन्तुका लागि पर्याप्त जमिन छ ।

Advertisement

यहाँ ठूलो मात्रामा जनावरहरु वार्षिक बसाइँसराइमा भाग लिन्छन् । मारा नदी पार गरेर एक लाख भन्दा बढी वाइल्डबीस्ट र २ लाख जेब्रा आउने गर्दछन् ।साथै अफ्रिकाका “बिग फाइभ“ खेलका जनावरहरू सिंह, चितुवा, अर्ना, गैंडा र हात्ती केन्याका आकर्षण हुन् । अन्य वन्यजन्तु, सरीसृप र चराहरू पनि उल्लेखनीय रुपमा पाइन्छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

सम्बन्धित समाचार

Scroll to Top