आज उल्का वर्षा,नेपालबाट पनि देखिने, कतिबेला हेर्ने ?

२७ मंसिर ८०, बिहीबार

२८ मंसिर,एजेन्सी ।
आज राति नेपालबाट पनि उल्का वर्षाको मनोरम दृष्य देख्न पाइने भएको छ । यदि आकाश खुलेको अवस्थामा नेपालको जुनसुकै ठाउँबाट पनि खाली आँखाले नै उल्का वर्षा देख्न सकिन्छ । आज राति यस वर्षकै उत्कृष्ट उल्कावर्षा देखिन सक्ने सम्भावना रहेको खगोलविद्हरूले जनाएका छन् । यो वर्ष मंसिर १८ देखि सुरु मिथुन उल्कावर्षा पुस १ गते सम्म सक्रिय रहनेछ ।

तर उल्कावर्षाको अत्यधिक सक्रियता भने आज राति रहने नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) ले जनाएको छ । अत्यधिक सक्रिय समयमा प्रतिघन्टा १५० वटासम्म उल्का देख्न सकिनेछ । खगोलविद्हरूका अनुसार प्रतिघण्टा १२० देखि १५० सम्म देखिन सक्छ । अधिकतम १५० सम्म देखिएको छ । तर त्यसलाई भने तपाईंले कुन ठाउँबाट हेर्नुहुन्छ भन्ने कुराले निर्धारित गर्छ ।

उज्यालो र प्रदूषणले पनि उल्का वर्षा हेर्ने कुरालाई प्रभावित पार्न सक्छ । उज्यालो सहरबाट भन्दा बत्ती कम बल्ने गाउँ र पहाडी क्षेत्रबाट उल्का वर्षाको मनोरम दृश्य हेर्न सकिने छ । प्रकाश प्रदूषणका कारण धमिला उल्का वर्षाहरू नदेखिन सक्छ । इन्टरनेसनल एस्ट्रोनोमिकल युनियनले यस उल्कावर्षालाई ’जेमिनिड्स’ दिएको छ ।

Advertisement

आकाशमा जेमिनाई अर्थात् मिथुन राशिबाट आएको जस्तो देखिएकाले उक्त उल्का वर्षालाई खगोलविद्हरूले ’जेमिनिड्स’ नाम दिएका हुन् । यो उल्कावर्षा क्षुद्रग्रह ३२०० फेथनले अन्तरिक्षमा छोडेका स–साना धूलाका कण तथा पदार्थले सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वीको नजिक हुँदा वायुमण्डलको करिब ७० किलोमिटरमाथि जलेर देखिँदै छ ।

सूर्यको परिक्रमा गर्ने क्रममा यो पुच्छ्रे ताराले आफ्नो कक्षमा धूलोका कण र चट्टानहरु छाड्ने गर्छ । पृथ्वीले पनि सूर्यको परिक्रमा गर्ने क्रममा पुच्छ्रे ताराले छाडेको कण र चट्टानहरु नजिकै आउँछ । यसरी ती कण तथा चट्टानहरु पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किएर जल्दछन् ।

Advertisement

ठोक्किएर जलेका ती वस्तुहरुलाई उल्का वर्षा भनिन्छ । उल्का वर्षालाई नेपालमा ‘तारा खसेको’ पनि भन्ने गरिन्छ । उल्कावर्षा हेर्न चाहने सर्वसाधारणले आफ्नो घरबाट वा नजिकैको प्रकाश प्रदूषण काम भएको स्थानबाट अवलोकन गर्न तथा फोटो खिच्न सक्नेछन् । अवलोकनको लागि मंसिर २८ राति ८ः०० बजे देखि भोलिपल्ट बिहान ५ः३० सम्मको समय अनुकूल हुने पनि नासोले जनाएको छ ।

उल्कावर्षा सामान्यतया मध्यरातपछि हेर्दा उत्तम रहने छ । मौसमले साथ दिएमा उल्कावर्षा हेर्नेहरूका लागि यो सन् २०२३ कै उत्कृष्ट समय हुनेछ । उल्कावर्षा हेर्नलाई कुनै दुरबिन वा टेलिस्कोपको आवश्यकता नपर्ने पनि खगोलविद्हरूको भनाइ छ ।

अमेरिकाको अन्तरिक्ष अन्वेषण निकाय नासाले जेमिनिड्सलाई यस वर्षकै ‘उत्कृष्ट’ उल्का वर्षा भनेको छ । किनकि यो उल्का वर्षा विभिन्न रंगमा देखिने छ । आगोको गोलाजस्तो रंगीचंगी वस्तु आकाशबाट तलतिर खसिरहेको देखिने भएकाले यो रोचक खगोलीय घटना अवलोकनमा उत्सुकता बढेको छ । बलिरहेको यस्तो भग्नावशेषले पृथ्वीलाई कुनै असर भने गर्दैन।

Advertisement

भर्खरको समाचार

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

गिरीबन्धुः राज्य लुट्ने ग्रान्ड डिजाइन, किन चुपचाप छ सरकार ?

Giribandu-tea-state_20220607080503_JGMWEw5ude

गृहमन्त्री क्विक मिनिस्टर, अर्थमन्त्री देश बनाउने टिम बाहिर !

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

शिशिर–वाङ यी वार्ताः बीआरआईबारे के भयो कुरा ?

723918504_979261438222117_2022056077324511840_n

स्पेनलाई हायलकायल पार्दै ४० वर्षीय भोजिन्हाको जादु चलेपछि….

Vozinha

बी–५२ बमवर्षक अमेरिकामै दुर्घटनामा परेर भयो खरानी

97a8a2a2-6311-44f1-8b46-307947a9088c

प्रधानमन्त्रीको निर्देशनमा नाकामा रोकिएका ‘बिवाइडी’का गाडी फुकुवा

byd-korla

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

सम्बन्धित समाचार

Scroll to Top