भारतभन्दा नेपालमा मूल्यवृद्धि कम, कात्तिक महिना सस्तो

२७ मंसिर ८०, बिहीबार

२८ मंसिर,एजेन्सी ।
गएको कात्तिक महिनामा नेपालमा महँगी घटेको पाइएको छ । असोजको तुलनामा कात्तिकमा महँगी ०.२२ प्रतिशतले घटेको हो । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको कात्तिकमा गत वर्षभन्दा ५.३८ प्रतिशतले महँगी बढेको छ । गत वर्षको कात्तिकमा ८.०८ प्रतिशतले महँगी बढेको थियो ।

२०७८ फागुनमा रुस–युक्रेन युद्ध सुरु हुनुका साथै राष्ट्र बैंकले कसिलो मौद्रिक नीति लिएपछि महँगी वृद्धिदर ६ प्रतिशतभन्दा माथि थियो । पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य घट्नुका साथै भारतमा समेत महँगी घट्दा नेपालमा मूल्यवृद्धि घटेको हो । चालु आर्थिक वर्षको कात्तिकमा २६ महिनायताकै न्यून मूल्यवृद्धि देखिएको छ ।

यसअघि २०७८ असोजमा अघिल्लो वर्षको तुलनामा ४.२४ प्रतिशतले महँगी बढेको थियो । कात्तिकमा भारतभन्दा नेपालको मूल्यवृद्धि कम छ । राष्ट्र बैंकका अनुसार कात्तिकमा भारतमा ५.५५ प्रतिशत महँगी बढेकोमा नेपालमा ५.३८ प्रतिशतमा सीमित छ । असोजमा नेपालमा मूल्यवृद्धि ७.५ प्रतिशत हुँदा भारतमा ४.८७ प्रतिशत थियो ।

Advertisement

चालु आर्थिक वर्षको ४ महिनामा नेपालको औसत महँगी वृद्धिदर ७.१५ प्रतिशत हुँदा भारतमा ५.५७ प्रतिशत छ । चालु आर्थिक वर्षमा सरकारले महँगी ६.५ प्रतिशतमा सीमित राख्ने लक्ष्य लिएको छ । कात्तिकमा खाद्य पदार्थको मूल्यवृद्धि ६.०१ प्रतिशतले बढ्दा गैरखाद्यपदार्थको मूल्य ४.८९ प्रतिशतले बढेको छ ।

गत वर्षको तुलनामा चालु आर्थिक वर्षको कात्तिकमा तरकारीको मूल्य ५.३५ प्रतिशत र घ्यू तेलको १४.२३ प्रतिशतले घट्दा दालको मूल्य १२.०२ प्रतिशत, दुग्ध पदार्थको ११ प्रतिशत, फलफूलको १४.०१ प्रतिशत, चिनीको १४.५९ प्रतिशत र मसलाको मूल्य ३६.४६ प्रतिशतले बढेको छ ।

यस्तै, राष्ट्र बैंकका अनुसार सुर्तिजन्य पदार्थको मूल्य १.२५ प्रतिशत, माछामासुको मूल्य १.४१ प्रतिशत र मदिराको मूल्य ५.४६ प्रतिशतले बढेको छ । गैरखाद्यपदार्थमा यातायात क्षेत्रको मूल्य १.८६ प्रतिशतले घट्दा लत्ताकपडाको ४.९६ प्रतिशत, घरको ४.३२ प्रतिशत र स्वास्थ्यको ३.४९ प्रतिशतले बढेको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top