संविधान चोकमा राजाको शालिक राख्न खोजेपछि निषेधाज्ञा

२७ मंसिर ८०, बिहीबार

२८ मंसिर,काठमाण्डौ ।
कन्चनपुरको भीमदत्त नगरपालिकाको संविधान चोक क्षेत्रमा प्रशासनले एक साताका लागि निषेधाज्ञा जारी गरेको छ। बिहीबार राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान चोकमा महेन्द्र शाहको शालिक स्थापना गर्न खोजेपछि प्रशासनले एक सूचना जारी गर्दै एक सातासम्मका लागि भेला हुन निषेध गरेको हो।

Advertisement

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जारी गरेको सूचना अनुसार उक्त क्षेत्रमा पाँच जनाभन्दा बढी भेला हुन नपाइने उल्लेख छ। निषेधाज्ञा जारी गरिएको क्षेत्रमा एक सातासम्म जुलुस, प्रदर्शन, घेराउ लगायतका कार्य गर्न निषेध गरिएको हो।

Advertisement

भीमदत्त नगरपालिका वडा नम्बर ४ मा रहेको संविधान चोक र त्यहाँबाट पूर्व दशरथ चन्दको शालिकसम्मको मुख्य सडकलाई निषेधित क्षेत्र तोकेको हो। त्यस्तै संविधान चोकबाट पश्चिम मदन भण्डारीको शालिकसम्मको मुख्य सडक खण्ड क्षेत्रसम्म पनि निषेधित क्षेत्र घोषणा गरेको हो।

संविधान चोक आसपासको क्षेत्रमा पूर्वराजा महेन्द्र शाहको शालिक स्थापना गर्न दिने÷नदिने भन्नेबारे विभिन्न राजनीतिक दलहरूबीच विवाद भएपछि सार्वजनिक स्थानमा शान्ति कायम गर्न उक्त स्थानलाई निषेधित क्षेत्र तोकेको प्रशासनले जनाएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top