इजरायलका कारण हमासको लोकप्रियता झन बढ्यो

२७ मंसिर ८०, बिहीबार

२८ मंसिर, एजेन्सी ।
इजरायल र हमासबीच युद्ध जारी रहेकै बेला प्यालेस्टाइनमा एक जनमत सर्वेक्षण भएको छ । जसले त्यहाँ हमासको समर्थन गर्ने मानिसहरुको संख्यामा बृद्धि भएको देखाएको छ । यता प्यालेस्टाइनी राष्ट्रपति महमुद अब्बासका लागि भने निराशाजनक परिणाम आएको छ । लगभग ९० प्रतिशत जनताले उनको राजीनामा मागेका छन् ।

यो सर्वेक्षण प्यालेस्टाइनी एजेन्सीले गरेको हो । यद्यपी उनलाई पश्चिमी देशहरुको भने समर्थन रहेको छ । अमेरिकाले वेस्ट ब्यांकमा अब्बासको नेतृत्वमा रहेको प्यालेस्टाइनी प्राधिकरणले नै गाजामा नियन्त्रण गर्नुपर्ने र शासन चलाउन आह्वान गरेको छ । अमेरिकी अधिकारीहरुले पीएलाई पुनर्जिवित गर्नुपर्ने बताएका छन् ।

यद्यपी उनीहरुले यसको मतलब नेतृत्व परिवर्तन हो कि होइन भन्ने चाहीँ खुलाएका छैनन । पीए इजरायलको नियन्त्रणमा रहेको वेस्ट ब्यांकका केही क्षेत्रमा शासन गर्छ । २००७ मा हमासद्वारा अधिग्रहण गरुन्जेसम्म यसले सिंगो प्यालेस्टाइनमा शासन गथ्र्यो ।

Advertisement

२००६ मा जब हमासले संसदीय चुनावमा बहुमत हासिल गर्यो, त्यतिबेला देखि प्यालेस्टाइनीहरुका बीच कुनै चुनाव भएको छैन । यता इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने गाजामा पीएका लागि कुनै पनि भूमिकालाई दृढताका साथ खारेज गरिदिएका छन् । उनले जोड दिएर भनेका छन्, कि इजरायलले त्यहाँ खुल्ला सुरक्षा नियन्त्रण बनाइराख्नुपर्छ ।

यता अमेरिकाका अरब सहयोगीहरुले भनेका छन् कि उनीहरु युद्धपछि पुनर्निमाणमा त्यतिबेलामात्रै सहभागि हुनेछन् जतिबेला उनीहरुलाई लाग्ने छ कि दुई राज्य समाधनका लागि विश्वसनिय पहल गरिने छ । पछिल्लो सर्वेक्षणको नतिजाले पीएको बैधतामा थप गिरावटको संकेत गरेको छ । यसैबीच पोलस्टर खलील शिकाकीले भनेका छन्, युद्धपछि गाजामा इजरायलको नियन्त्रण रहने छ ।

Advertisement

शिकाकीले आफ्नो प्यालेस्टाइनी सेन्टर फर पोलिसी एन्ड सर्भे रिसर्च वा पीएसआरद्वारा गरिएको सर्वेक्षणको परिणामहरु प्रकाशन हुनुअघि एसोसिएटेड प्रेसलाई बताएका थिए, कि इजरायल गाजामा फसेको छ । हुनसक्छ अगामी इजरायली सरकारले यो तय गर्नेछ कि नेतान्याहुले निर्णय गरेका सबै शर्तहरु, रणनीतिहरु सहि छैन ।

त्यो सरकारले गाजाबाट एकतर्फी फिर्ताको फैसला पनि गर्न सक्छ । तर अहिले हेर्दा भविष्यका लागि इजरायल र गाजाका लागि डिफल्ट के छ भने इजरायल गाजामा पुर्णरुपमा कब्जा गर्दैछ, भनेका छन् । यो सर्वेक्षण २२ नोभेम्बरदेखि डिसेम्बर २ सम्म वेस्ट व्यांकमा र गाजामा १,२३१ जनामा गरिएको थियो ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top