आज सुन–चाँदीको मुल्यमा वृद्धी, कतिमा हुँदैछ कारोबार ?

२९ मंसिर ८०, शुक्रबार
Share this
712shares

२९ मंसिर ,काठमाण्डौं ।

Advertisement

साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।अघिल्लो दिन अर्थात् बिहीबार प्रतितोला दुई हजार आठ सय रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला तीन सय रूपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार एक सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार पाँच सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार दुई सय ५० रूपैयाँमा कारोबार भएको थियो।त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ।बिहीबार प्रतितोला १४ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १४ सय ७० रूपैयाँमा किनबेच भइरहेको छ।

Advertisement

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ बढेको हो।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार ३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top