सुर्तीजन्य पदार्थ प्रतिबन्ध गर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको आदेश

२८ मंसिर ८०, शुक्रबार

२९ मंसिर,काठमाण्डौ ।
सुर्तीजन्य पदार्थ बेचबिखनमा रोक लगाउने काठमाडौं महानगरपालिकाको निर्णय तत्काल कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ । निवेदकहरूको उद्योग व्यवसायमा प्रतिकूल असर पर्ने देखिएको भन्दै न्यायाधीशद्वय जनक पाण्डे र ब्रजेश प्याकुरेलको संयुक्त इजलासले विपक्षीका नाममा बिहीबार अन्तरिम आदेश दिएको हो ।

’कानूनबमोजिम सञ्चालन गर्दै आएको उद्योग व्यवसायमा प्रतिकूल असर परी अपुरणीय क्षति पुग्न सक्ने अवस्था देखिएको हुँदा यसमा सुविधा सन्तुलन निवेदकहरूको पक्षमा विचारणीय देखिँदा स्वास्थ्य विभाग, काठमाडौं महानगरपालिकाद्वारा मिति २०८०÷०८÷१२ मा जारी गरिएको सूचना प्रस्तुत रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म कार्यान्वयन नगर्नू नगराउनू भनी विपक्षीहरूको नाममा अन्तरिम आदेश जारी गरिदिएको छ,’ उच्च अदालतको आदेशमा भनिएको छ ।

Advertisement

विभागले यही मंसिर १२ गते सूचना जारी गरि २७ गते बुधबारबाट महानगरभित्र सुर्तीजन्य पदार्थ बेचबिखनमा रोक लगाएको थियो । उक्त सूचना आएपछि श्रीराम टोबागो प्रा.लि. लगायत उद्योगहरूका तर्फबाट उच्च अदालतमा रिट दायर भएको थियो । सुर्तीजन्य पदार्थ बेचबिखनमा प्रतिबन्ध लगाएपछि महानगरले पसल पसलमा अनुगमन गर्दै त्यस्ता पर्दाथ जपथ गरेको थियो ।

Advertisement

महानगरको निर्णय अदालतले उल्टाएको यो लगातारको तेस्रो हो । केही दिन अघि मात्रै महानगरले राप्रपाको केन्द्रिय कार्यालय हटाउने निर्णय अदालतले रोकेको थियो । त्यसलगत्तै निजी भवनमा पार्किङ शुल्क उठाउन पाइने गरी महानगरले बनाएको कानुन सर्वाेच्च अदालतले खारेज गरिदिएको थियो ।

महानगरले बिक्रीवितरणमा लगाएको प्रतिबन्ध मात्रै पपनि अदालतमा उल्टिरहेको अवस्थामा विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले समेत संसारका सबै देशहरूलाई सुर्तीजन्य उत्पादनहरूमा नै प्रतिबन्ध लगाउन आग्रह गरेको छ ।

डब्ल्यूएचओले विभिन्न स्वादमा उपलब्ध गराइने ई–चुरोट (भेप)को प्रयोगबाट युवाहरू निकोटिनको लतमा परेको उल्लेख गर्दै त्यसलाई पनि रोक्न आग्रह गरेको छ डब्ल्यूएचओका महानिर्देशक टेड्रोस गेब्रेयससले १३–१४ वर्षका बालबालिकाहरूले ई–सिगरेट प्रयोग गरिरहेको बताउँदै उनीहरू निकोटिनको लतमा परेकाले पनि यस विषयमा कडा कदम चाल्न जरुरी भएको उल्लेख गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top