१ पुस ,काठमाण्डौ ।
आफ्नो राष्ट्रपति कालमा आप्रवासीमाथि कठोर रुपमा उभिएका अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि एक पटक अवैध आप्रवासीहरुमाथि खनिएका छन् । आप्रवासिहरुलाई लिएर उनले दिएको एक भड्किलो बयानले उनी निकै आलोचित बन्न पुगेका छन् । न्यू ह्याम्पशायरस्थित डरहममा आयोजित एक र्यालीलाई सम्बोधन गर्दै ट्रम्पले भने, आप्रवासीहरुले उनको देशको रगतमा विष मिलाइरहेका छन् ।
यसअघि पनि ट्रम्पले आप्रवासिहरुलाई लिएर यस्तै बयान दिएका थिए । ट्रम्पको यो बयानपछि उनको कडा आलोचना भइरहेको छ । र यसलाई श्वेच वर्चस्ववादी र नाजी मानसिकता भन्दै विरोध भइरहेको छ । डोनाल्ड ट्रम्पले भनेका थिए, आप्रवासीहरु विश्वभरका जेलहरु, दक्षिण अमेरिकामात्रै होइन, सिंगो विश्वमा विष फैलाइरहेका छन् ।
उनीहरु अफ्रीका, एशिया र विश्वभरबाट हाम्रो देशमा आउने गरेका छन्’ ट्रम्पले भनेका थिए । उनले गत अक्टुबरमा पनि यस्तै खालको एक भड्किलो अभिब्यक्ति दिएका थिए । जसमा उनले अमेरिकी समाजको एक वर्गलाई नै किरा बताएका थिए । उनले वामपंथिहरु, कट्टर विचारधारा भएका मानिसहरुलाई किरा भनेका थिए ।
र उनीहरुलाई जरैदेखि उखालेर फ्याक्नु पर्ने बताएका थिए । जसको निकै आलोचना भएको थियो । राष्ट्रपति जो बाइडेनले पनि ट्रम्पको सो बयानमा तिखो आलोचना गरेका थिए । बाइडेनले भनेका थिए, ट्रम्पले जुन भाषाको प्रयोग गरिरहेका छन्, त्यो नाजी विचारधाराको भाषा हो ।
डोनाल्ड ट्रम्पले यसअघि सन २०२० मा भएको राष्ट्रपति चुनाबमा आफ्नो हार स्वीकार गरेका थिएनन् । र अब फेरि २०२४ को चुनावमा रिपब्लिकन पार्टीका तर्फबाट उमेदवारी दिएका छन् । उनलाई एक कडा प्रतिस्पर्धीका रुपमा हेरिएको छ ।
मीडिया रिपोर्टका अनुसार डोनाल्ड ट्रम्प यदि दोहोर्याएर अमेरिकाको राष्ट्रपति बने भने उनले यस पटक अवैध आप्रवासीहरुका लागि पहिलाभन्दा झनै कडा कानून ल्याउन सक्छन् । अघिल्लो कार्यकालमा ट्रम्पले अवैध आप्रवासीहरुलाई उनीहरुको सन्तानबाट अलग गरेर फरक फरक स्थानमा राखिदिएका थिए ।
यस पटक पनि चर्चा छ कि ट्रम्प सत्तामा आए अवैध आप्रवासीहरुलाई पकडेर उनीहरुको देश फिर्ता पठाउने कानुन लिएर आउने छन् । ट्रम्पले कयौं मुस्लिम देशहरु र अफ्रीकी देशहरुका नागरिकलाई अमेरिका आउन प्रतिबन्ध लगाएका थिए । उनको भनाई छ कि सत्तामा आएपछि एक पटक फेरि उनले यो प्रतिबन्धलाई लागू गर्नेछन् ।
साथै अवैध आप्रवासिहरुका लागि कडा वैचारिक स्क्रीनिंग पनि लागू गर्ने ट्रम्पले बताएका छन् । पछिल्लो एक प्रतिवेदन अनुशार डेमोक्रेटिकका तर्फबाट वर्तमान राष्ट्रपति जो बाइडेन र अर्की राष्ट्रपतिकी आकांक्षी निक्की हेलीभन्दा ट्रम्प नयाँ कार्यकालको राष्ट्रपतिका लागि निक्कै अमेरिकनहरुको रोजाईमा परेका थिए ।