ट्रम्प राष्ट्रपति बने आप्रवासीलाई लखेट्ने

१ पुस ,काठमाण्डौ ।

आफ्नो राष्ट्रपति कालमा आप्रवासीमाथि कठोर रुपमा उभिएका अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि एक पटक अवैध आप्रवासीहरुमाथि खनिएका छन् । आप्रवासिहरुलाई लिएर उनले दिएको एक भड्किलो बयानले उनी निकै आलोचित बन्न पुगेका छन् । न्यू ह्याम्पशायरस्थित डरहममा आयोजित एक र्यालीलाई सम्बोधन गर्दै ट्रम्पले भने, आप्रवासीहरुले उनको देशको रगतमा विष मिलाइरहेका छन् ।

यसअघि पनि ट्रम्पले आप्रवासिहरुलाई लिएर यस्तै बयान दिएका थिए । ट्रम्पको यो बयानपछि उनको कडा आलोचना भइरहेको छ । र यसलाई श्वेच वर्चस्ववादी र नाजी मानसिकता भन्दै विरोध भइरहेको छ । डोनाल्ड ट्रम्पले भनेका थिए, आप्रवासीहरु विश्वभरका जेलहरु, दक्षिण अमेरिकामात्रै होइन, सिंगो विश्वमा विष फैलाइरहेका छन् ।

Advertisement

उनीहरु अफ्रीका, एशिया र विश्वभरबाट हाम्रो देशमा आउने गरेका छन्’ ट्रम्पले भनेका थिए । उनले गत अक्टुबरमा पनि यस्तै खालको एक भड्किलो अभिब्यक्ति दिएका थिए । जसमा उनले अमेरिकी समाजको एक वर्गलाई नै किरा बताएका थिए । उनले वामपंथिहरु, कट्टर विचारधारा भएका मानिसहरुलाई किरा भनेका थिए ।

र उनीहरुलाई जरैदेखि उखालेर फ्याक्नु पर्ने बताएका थिए । जसको निकै आलोचना भएको थियो । राष्ट्रपति जो बाइडेनले पनि ट्रम्पको सो बयानमा तिखो आलोचना गरेका थिए । बाइडेनले भनेका थिए, ट्रम्पले जुन भाषाको प्रयोग गरिरहेका छन्, त्यो नाजी विचारधाराको भाषा हो ।

डोनाल्ड ट्रम्पले यसअघि सन २०२० मा भएको राष्ट्रपति चुनाबमा आफ्नो हार स्वीकार गरेका थिएनन् । र अब फेरि २०२४ को चुनावमा रिपब्लिकन पार्टीका तर्फबाट उमेदवारी दिएका छन् । उनलाई एक कडा प्रतिस्पर्धीका रुपमा हेरिएको छ ।

मीडिया रिपोर्टका अनुसार डोनाल्ड ट्रम्प यदि दोहोर्याएर अमेरिकाको राष्ट्रपति बने भने उनले यस पटक अवैध आप्रवासीहरुका लागि पहिलाभन्दा झनै कडा कानून ल्याउन सक्छन् । अघिल्लो कार्यकालमा ट्रम्पले अवैध आप्रवासीहरुलाई उनीहरुको सन्तानबाट अलग गरेर फरक फरक स्थानमा राखिदिएका थिए ।

यस पटक पनि चर्चा छ कि ट्रम्प सत्तामा आए अवैध आप्रवासीहरुलाई पकडेर उनीहरुको देश फिर्ता पठाउने कानुन लिएर आउने छन् । ट्रम्पले कयौं मुस्लिम देशहरु र अफ्रीकी देशहरुका नागरिकलाई अमेरिका आउन प्रतिबन्ध लगाएका थिए । उनको भनाई छ कि सत्तामा आएपछि एक पटक फेरि उनले यो प्रतिबन्धलाई लागू गर्नेछन् ।

साथै अवैध आप्रवासिहरुका लागि कडा वैचारिक स्क्रीनिंग पनि लागू गर्ने ट्रम्पले बताएका छन् । पछिल्लो एक प्रतिवेदन अनुशार डेमोक्रेटिकका तर्फबाट वर्तमान राष्ट्रपति जो बाइडेन र अर्की राष्ट्रपतिकी आकांक्षी निक्की हेलीभन्दा ट्रम्प नयाँ कार्यकालको राष्ट्रपतिका लागि निक्कै अमेरिकनहरुको रोजाईमा परेका थिए ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top