विश्वमै सबैभन्दा धेरै विद्यार्थी त्रिविमा दीक्षित हुने

१ पुस ८०, सोमबार

२ पुष ,काठमाण्डौ ।
विश्वमै सबैभन्दा बढी विद्यार्थी दीक्षित हुने भन्दै त्रिभुवन विश्वविद्यालयले विश्व रेकर्डका लागि गिनिज बुकमा दाबी गरेको छ । आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा त्रिविको ४९ औँ दीक्षान्त समारोह हुँदै छ । त्यस क्रममा स्नातक तहदेखि स्नातकोत्तर उत्तीर्ण विद्यार्थी सहभागी हुनेछन् ।

त्रिविका रजिष्टार पेशल दाहालका अनुसार दीक्षान्त समारोहमा साढे १२ हजार विद्यार्थी दीक्षित हुँदैछन् । तर, त्रिविमा कुल ७३ हजार विद्यार्थीहरु उतीर्ण भएका छन् । उनीहरु सबै दीक्षित भएको मानिने हुँदा विश्व रेकर्डका लागि गिनिज बुकमा दाबी पठाएको दाहालको भनाइ छ ।

जसका लागि गिनिज बुक अफ वर्ल्ड रेकर्डका प्रतिनिधि पनि नेपाल आइसकेका छन् ।समारोहमा २०७९ साल असार १ गतेदेखि २०८० साल जेठ ३२ गतेसम्ममा स्नातक तहदेखि स्नातकोत्तर उत्तीर्ण विद्यार्थी सहभागी हुनेछन् । यस्तै त्रिविको स्नातक, स्नातकोत्तर र एमफिल तहमा २०७७ र २०७८ सालमा सर्वोत्कृष्ट नतिजा ल्याएर पदक–पुरस्कार पाउनेमा छात्राको संख्या धेरै रहेको छ ।

Advertisement

स्नातक तहतर्फ आठ हजार ९८ जना, स्नातकोत्तर तहतर्फ चार हजार एक सय चार, एमफिलतर्फ ४४ तथा विद्यावारिधीतर्फ एक सय १२ विद्यार्थी आज दीक्षित हुने बताइएको छ । गत वर्ष १० हजार तीन सय विद्यार्थी दीक्षान्त समारोहमा सहभागी भएका थिए ।

यस्तै आज ४९ औं दीक्षान्त समारोहमा २७ वटा पदक र पुरस्कार वितरण हुँदै छ । त्यसमा १६ वटा छात्राहरूले मात्रै पाउँदै छन । यस पटक कुलपति पदक र इन्द्रभक्त श्रेष्ठ स्वर्ण पदक भने वितरण नहुने भएको छ । परीक्षा नियन्त्रक जोशीले सेमेस्टर प्रणालीअनुसार सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थी पहिचान गर्न नसकिएकाले कुलपति पदक वितरण नगर्ने निर्णय भएको जनाए ।

Advertisement

उक्त पदक त्रिविका ९ वटा संकायमध्येबाट सबैभन्दा बढी अंक ल्याउने विद्यार्थीलाई दीक्षान्त समारोहमा प्रदान गरिँदै आएको थियो । त्रिवि कार्यकारी परिषद्ले नै कुलपति पदक वितरण नगर्ने निर्णय गरेको छ । इन्द्रभक्त श्रेष्ठ स्वर्ण पदक भने समान अंक ल्याउने ४ जना विद्यार्थी भएकाले यो वर्ष वितरण गर्न नसकिने अवस्था आएको जोशीले बताए ।

पुलचोक इन्जिनियरिङ कलेजमा हुँदै आएको दीक्षान्त समारोह यो वर्ष भने दशरथ रंगशालामा हुन लागेको हो । विद्यार्थी तथा अभिभावक गरेर करिब २८ हजार जना समारोहमा उपस्थित हुने भएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top