सुनचाँदीको भाउमा आज सामान्य वृद्धी

३ पुस ८०, मंगलबार
Share this
781shares

३ पुष,काठमाडौं।

Advertisement

नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ।नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई सय रूपैयाँ बढेको हो।आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख १७ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।महासंघका अनुसार आज बजारमा चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ घटेको छ।मंगलबार चाँदी प्रतितोला एक हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको छ

Advertisement

अघिल्लो दिन चाँदी प्रतितोला एक हजार चार सय ५५ रूपैयाँमा कारोबार भएको थियो।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार २४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top