नयाँ वर्षको उपहार अब एक्सबाट भिडियो कुराकानी

३ पुष,एजेन्सी ।
सामाजिक संजाल ट्विटर अहिले एक्सको स्वामित्व लिएपछि अनेकौं परिवर्तन गर्दै आएका कम्पनीका मालिक एलन मस्कले सो प्लेटफर्ममा भिडिओ फिचर थप गर्ने भएका छन् । एक्सको स्पेसमा लाइभ कुराकानी गर्न सकिने फिचर थप हुने भएको हो । जसमा सो प्लेटफर्मका कुनै पनि प्रयोगकर्ता जोडिन सक्छन् ।

यसअघि सो प्लेटफर्ममा अडियोमार्फत कुराकानी गर्न सकिने सुविधा थियो । भिडियो फिचर समावेश भएसँगै अब स्पेसमा प्रयोगकर्ता भिडिओबाटै जोडिन सक्नेछन् । “हामी अहिले स्पेसमा भिडिओ फिचर समावेश गर्ने काम गरिरहेका छौं,” मस्कले भनेका छन्, “यो एउटा सामान्य कुरा हो, जसमा तपाईं भिडिओ अन र अफ गर्न सक्नुहुन्छ ।”

मस्कले २०२३ को अन्तिमतिर यो फिचर सार्वजनिक गर्ने तयारी भइरहेको भने पनि २०२४ को सुरुवातमा उपलब्ध हुने अनुमान छ । स्पेस सेसनमा जो व्यक्ति बोलिरहेको छ, भिडियो फिड त्यही व्यक्तिकोमा स्विच हुन्छ । उदाहरणका लागि जसरी गुगल मिटमा जो प्रयोगकर्ता बोलिरहेको हुन्छ, ठूलो स्क्रिनमा उसैको भिडियो देखिन्छ ।

Advertisement

एक्समा पनि उक्त फिचरले यसरी नै काम गर्ने अपेक्षा गरिएको छ । “मानिसहरूले बोलिरहेका बेला उनीहरूको शरीरको हाउभाउ देख्नका लागि यो फिचर उपयोगी हुन्छ । यदि उनीहरूले चाहने हो भने आवाजभन्दा अनुहार र शरीरको हाउभाउले बढी सूचना दिन्छ,” मस्कले भनेका छन् ।

अडियन्ससँग अन्तरक्रिया गर्न यो फिचरले थप सघाउ पु¥याउने कम्पनीको विश्वास छ । कोभिड–१९ महामारीको समयमा उदाएको अडियो स्ट्रिमिङ प्लेटफर्म क्लबहाउससँग प्रतिस्पर्धा गर्न ट्वीटरले स्पेस फिचर सार्वजनिक गरेको थियो ।

Advertisement
Advertisement

भर्खरको समाचार

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

ह्वाइट हाउस हमला विफल, आक्रमणकारीकी आमाले नै बचाइन् ज्यान

AP25118747479239_4471d6 (1)

आजदेखि ५०० दरका नयाँ नोट चलनचल्तीमा

1ee6a6f9-46aa-4023-b9ba-f198bd6f3222

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top