फरक शैलीको कक्षाकोठा TVET को आवश्यकता

३ पुष,विराटनगर ।
प्राविधिक शिक्षाको क्षेत्रमा काम गर्ने देशभरिबाट छनोट भएका ७ वटा समूहहरु मध्येको कोशी समूहले प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम (CTEVT) को क्षेत्रमा नयाँ अवधारणा अघि सारेको छ । काठमाण्डौ विश्वविद्यालय र स्वीजरल्याण्डको ETH ZURICH  विश्वविद्यालयको सहकार्यमा सञ्चालन भएको शिक्षा प्रणाली प्रयोगशाला (ILAB)  कार्यक्रममा सहभागी काठमाण्डौ विश्वविद्यालयबाट प्रकाशित सूचना बमोजिम छनोट भएको कोशी समूहले कक्षाकोठा सुधारका लागि नयाँ अवधारणा तयार गरेको जनप्रिय माध्यमिक विद्यालय बुढीगंगा गाउँपालिका टेक्स कार्यक्रम संयोजक तथा आइल्याव समूहका सदस्य लवकुमार यादवले बताए।


                                                                             लवकुमार यादव

Advertisement

यस समूहका सदस्यहरुमा बिना सुब्बा, नारद राई, डा शिव दाहाल, लवकुमार यादव, गोपालप्रसाद दाहाल, लक्ष्मी न्यौपाने, प्रतिक्षा गजुरेल र अजित चापागाईँ रहेका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिष्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्नका लागि गुणस्तरीय शिक्षा र पाठ्यक्रमले तोके बमोजिम अनिवार्य प्रयोगात्मक अभ्यास गर्नु आवश्यक रहने भएकाले यसलाई केन्द्रमा राख्दै अवधारणा पेश गर्ने उनले जानकारी दिएका छन्।

समूह सदस्य डा. शिव दाहालले कोशी समूहका तर्फबाट परम्परागत रुपमा रहेका प्राविधिक शिक्षा पढाइ हुने कक्षाकोठालाई सुधार गरेर प्राविधिक शिक्षाको विषय बमोजिमका न्युनतम् सामाग्रीहरुको व्यवस्थापन, बुक कर्नरको व्यवस्था, विद्यार्थीको बसाइका लागि फर्निचरमा परिवर्तन, प्रत्येक कक्षाकोठामा इन्ट्रयाकटीभ प्यानल बोर्ड अथवा स्मार्ट बोर्डको व्यवस्था, कक्षामा डस्टविनको प्रयोग, शिक्षक र विद्यार्थीबीचको दूरी, हावा ओहोर दोहोर गर्ने र प्रकाश सहितको कक्षाकोठा लगायत विविध कुराहरुमा जोड दिँदै अवधारणा पेश गर्ने बताए ।

Advertisement

उनले अवको कक्षाकोठाहरु हेर्दै यो कुन विषयको हो भनेर सहजरुपमा छुटयाउन सकिने खालको हुनुपर्ने बताए । CLASSROOM REFORM CASE का लागि अध्ययन र विभिन्न विज्ञहरुसंग सल्लाह र छलफल गरि छिट्टै नै एक अवधारणा पत्रलाई अन्तिम रुप दिएर काठमाण्डौ विश्वविद्यालयमा पेश गरिने उनले बताए ।

यो अबधरणाले टि भेट अध्ययन गर्ने विधार्थीमा कक्षाकोठामा अध्ययन गर्न सहज तथा उनीहरुले यसलाई विशेष महत्व दिने समूहकी अर्की सदस्य प्रतिक्षा गजुरेलले बताइन । यसको कार्यान्वयनका लागि आइ ल्याव समूहले प्रदेशमा नमूनाका लागि ५ वटा प्राविधिक विद्यालयमा कुरा गरिरहेको र उनीहरुले छिट्टै नै कम्तीमा एक कक्षाकोठालाई आइ ल्यावको अवधारणा अनुरुप मोडल कक्षा तयार गर्न इच्छुक रहेको उनले जानकारी दिइन ।

                                                                              प्रतिक्षा गजुरेल

सो मोडेल कक्षाकोठा बमोजिम अन्य प्राविधिक शिक्षा अध्यापन हुने विद्यालयलाई पनि सोही बमोजम कक्षाकोठा व्यवस्थापन गर्न अनुरोध गर्ने उनले जानकारी दिइन । दमक स्थित लाइफलाइन अस्पतालले आफ्नो एक कक्षालाइ मोडल कक्षा बनाउन थालिसकेको र यही महिनाभित्रमा सम्पन्न हुने पनि उनले बताइन ।

परम्परागत शैलीका कक्षीकोठा भन्दा फरक किसिमको कक्षाकोठामा विद्यार्थी प्रवेश गर्दा नै छुट्टै अनुभुतीका साथ परियोजना कार्य तथा तथा समुहगत सिकाईमा सहयोग पुर्याउने खालको कक्षाकोठा नै अवको आवश्यकता रहेको राधा कृष्ण भुपालमान सिहं कार्की माध्यमिक विद्यालयका प्रधानध्यापक राना क्षेत्रीले बताएका छन ।

                                                                         राना क्षेत्री

विद्यालयहरुमा कक्षाकोठा व्यवस्थापनका लागि हाल बजेट नहुने भएकाले यस्ता कक्षाकोठा व्यवस्थापनका लागि बजेट विनियोजन गरी शिक्षालयहरुलाई उपलब्ध गराउन प्रदेश सरकारसँग माग समेत गरिएको छ । यो अवधारणाले गुणस्तरीय प्राविधिक शिक्षा प्रदान गर्न र विद्यार्थी आकर्षणका लागि समेत टेवा पुर्याउने समूहले विश्वास लिएको छ ।

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top