दुई हजार बालबालिकालाई निःशुल्क पढाउँदै जीवन विकास

९ पुष , विराटनगर ।
मोरङको कटहरीमा केन्द्रीय कार्यालय रहेको लघुवित्त संस्था जीवन विकास लघुवित्त वित्तीय संस्थाले ४४ वटा स्थानीय तहका २ हजार ३२ विपन्न परिवारका बालबालिका निःशुल्क पढाइरहेको छ। संस्थाले ती पालिकाका ६० स्थानमा ट्युसन सेन्टर खोलेर निशुल्क शिक्षा प्रदान गरिरहेको जनाएको छ ।

निःशुल्क अध्ययन गर्नेहरुमा १ हजार ७४ छात्र र ९८४ छात्रा रहेका छन् । शारिरीक रुपमा अपाङगतावरण गरेका आर्थिक अवस्था दयनीय भएका बालबालिकाहरुलाई संस्थाले उनीहरुकै पायक पर्ने स्थानबाट निःशुःल्क शिक्षा दिइरहेको छ ।

बालबालिकाको गुणस्तरीय शिक्षाको अभियानमा सहयोग गर्ने उद्देश्यले संस्थाले निःशुल्क ट्युसन सेन्टर सञ्चालन गरेको जीवन विकास लघुवित्तका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले बताएका छन् । ‘शहरबजारका सम्पन्न परिवारका बालबालिका सुविधा सम्पन्न विद्यालय जान्छन्, विहान बेलुका बाबुआमाले आफ्ना छोराछोरीले गृहकार्य गरे नगरेको हेर्छन् र गराउँछन्,’ उनले भने,‘विपन्न परिवारलाई दैनिक गुजाराको बन्दोबस्त जुटाउँदै ठिक्क हुन्छ, अधिकांशले बच्चाका बारेमा चासो लिएर गृहकार्य गराउने र सिकाई कस्तो छ भनेर मापन गर्न सक्दैनन् पनि ।’

Advertisement

जीवन विकास लघुवित्तले करिब तीन वर्षअघि मोरङको डाइनिया निःशुल्क ट्युसन सेन्टर स्थापना गरेको थियो । ट्युसन सेन्टरका बारेमा प्रतिक्रिया राम्रो आएपछि अन्यत्र विस्तार गरेको उनले बताएका छन् । ट्युसन पढाउनका लागि प्रत्येक सेन्टरमा एक जना शिक्षक तोकिएका छन् ।

एउटा सेन्टरमा न्यूनतम १५ देखि ४५ जनासम्म बालबालिका पढ्छन् । ती विद्यार्थीलाई आवश्यकताका आधारमा जीवन विकासले शैक्षिक सामाग्री पनि उपलब्ध गराइरहेको छ । निःशुल्क ट्युसन सेन्टरमा आउने बालबालिकाहरु नियमित स्कुल जाने र आफ्नो सन्तानको पढाई प्रति अभिभावकको चासो पनि तुलनात्मक रुपमा बढेको उनले जानकारी दिएका छन् ।

Advertisement

गएको प्रतिनिधिसभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर ५ बाट विजयी भएका स्वतन्त्र सांसद योगेन्द्र मण्डल जीवन विकास संस्थाका संस्थापक अध्यक्ष हुन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

सम्बन्धित समाचार

Scroll to Top