Nepal Times
Nepal Times
3
Shares

दुई हजार बालबालिकालाई निःशुल्क पढाउँदै जीवन विकास

दुई हजार बालबालिकालाई निःशुल्क पढाउँदै जीवन विकास

९ पुष , विराटनगर ।
मोरङको कटहरीमा केन्द्रीय कार्यालय रहेको लघुवित्त संस्था जीवन विकास लघुवित्त वित्तीय संस्थाले ४४ वटा स्थानीय तहका २ हजार ३२ विपन्न परिवारका बालबालिका निःशुल्क पढाइरहेको छ। संस्थाले ती पालिकाका ६० स्थानमा ट्युसन सेन्टर खोलेर निशुल्क शिक्षा प्रदान गरिरहेको जनाएको छ ।

निःशुल्क अध्ययन गर्नेहरुमा १ हजार ७४ छात्र र ९८४ छात्रा रहेका छन् । शारिरीक रुपमा अपाङगतावरण गरेका आर्थिक अवस्था दयनीय भएका बालबालिकाहरुलाई संस्थाले उनीहरुकै पायक पर्ने स्थानबाट निःशुःल्क शिक्षा दिइरहेको छ ।

बालबालिकाको गुणस्तरीय शिक्षाको अभियानमा सहयोग गर्ने उद्देश्यले संस्थाले निःशुल्क ट्युसन सेन्टर सञ्चालन गरेको जीवन विकास लघुवित्तका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले बताएका छन् । ‘शहरबजारका सम्पन्न परिवारका बालबालिका सुविधा सम्पन्न विद्यालय जान्छन्, विहान बेलुका बाबुआमाले आफ्ना छोराछोरीले गृहकार्य गरे नगरेको हेर्छन् र गराउँछन्,’ उनले भने,‘विपन्न परिवारलाई दैनिक गुजाराको बन्दोबस्त जुटाउँदै ठिक्क हुन्छ, अधिकांशले बच्चाका बारेमा चासो लिएर गृहकार्य गराउने र सिकाई कस्तो छ भनेर मापन गर्न सक्दैनन् पनि ।’

जीवन विकास लघुवित्तले करिब तीन वर्षअघि मोरङको डाइनिया निःशुल्क ट्युसन सेन्टर स्थापना गरेको थियो । ट्युसन सेन्टरका बारेमा प्रतिक्रिया राम्रो आएपछि अन्यत्र विस्तार गरेको उनले बताएका छन् । ट्युसन पढाउनका लागि प्रत्येक सेन्टरमा एक जना शिक्षक तोकिएका छन् ।

एउटा सेन्टरमा न्यूनतम १५ देखि ४५ जनासम्म बालबालिका पढ्छन् । ती विद्यार्थीलाई आवश्यकताका आधारमा जीवन विकासले शैक्षिक सामाग्री पनि उपलब्ध गराइरहेको छ । निःशुल्क ट्युसन सेन्टरमा आउने बालबालिकाहरु नियमित स्कुल जाने र आफ्नो सन्तानको पढाई प्रति अभिभावकको चासो पनि तुलनात्मक रुपमा बढेको उनले जानकारी दिएका छन् ।

गएको प्रतिनिधिसभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर ५ बाट विजयी भएका स्वतन्त्र सांसद योगेन्द्र मण्डल जीवन विकास संस्थाका संस्थापक अध्यक्ष हुन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.