NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता मङ्लबार असार १७ , २०८२
विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ? मङ्लबार असार १७ , २०८२
युक्रेन जित्न रुसले सुरु गर्यो अन्तिम लडाई, सुमीमा पठायो ५० हजार सेना  मङ्लबार असार १७ , २०८२
Next
Prev

समाचार

प्रचण्डको first year :  दण्डहिनता र परिवारवाद थप विस्तार

मङ्लबार पुस १० , २०८०
Reading Time: 1 min read
A A
Advertisement
प्रचण्ड नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

१० पुष, विराटनगर ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकारले एक वर्ष पूरा गरेको छ । निर्वाचन सम्पन्न भएपछि बनेको सरकारको यो पहिलो वर्ष पनि हो । यो सरकारको कमाण्ड लिदैं गर्दा प्रचण्डले आफ्नो तेस्रो कार्यकाल इतिहासमा सम्झनलायक बनाउने दाबी गरेका थिए । शुसासनलाई नाराबाट झिकेर व्यवहारमा देखाउने कसम खाएका थिए । यो कार्यकाल अन्तिम अवसरका रूपमा लिएको बताएका थिए । सिंहदरबारको नयाँ भब्य भवन अवलोकन गर्दै अब झनै काम फुर्ने बताएका थिए । तर यो एकवर्षलाई हेर्दा प्रचण्ड सरकारले प्राथमिकतामा राखेका सुशासन, आर्थिक समृद्धि र सामाजिक न्यायका काममा गति सुस्त छ ।

उनी वर्षभरि नै सत्ता गठबन्धन बलियो बनाउनमा केन्द्रित रहे । एकवर्षे कार्यकालमा दाहालले हरेक दिन तीन÷चार वटा औपचारिक कार्यक्रममा भाषण नै गरेर समय बिताए । उनलाई सहयात्री दलका नेताहरुले यस्ता उद्घाटन र शिलान्यासका कार्यक्रम नगर्न सार्वजनिक सुझाव नै दिनपर्यो । क्याविनेटको कुरा गर्ने हो भने उनी स्वयं नै खुसी छैनन् । मन्त्रीहरुलाई सच्चिन उनले थप तीन महिनाको अल्टिमेटम दिएका छन् । यसबाट बुझ्न सकिन्छ कि प्रचण्डको एक वर्ष कार्यकालमा मन्त्रालयगत हुने कामको गति र परिणाम ।

हुनत सुशासनको सवालमा प्रचण्डले ललिता निवास प्रकरण, नक्कली भुटानी शरणार्थी, सुन तस्करी प्रकरणमा ‘आक्रामक’ सुरुवात गरे पनि । तर पछिल्ला दिनमा सबै सुस्त देखिए । उनीमाथि आफ्ना मान्छे छानीछानी बचाएको आरोप लाग्यो । बरु तेस्रो कार्यकालको पहिलो वर्षमा प्रचण्डको परिवारवाद झनै विस्तार भएको देखियो । एउटी छोरीलाई दोस्रो पटक महानगरको मेयर बनाउन सफल भएका उनले सचिवालयको जिम्मा अर्को छोरीलाई लगाए । जसको नाम एनसेल प्रकरणमा यस्तरी मुछिएको छ कि प्रचण्डले भाभुक प्रष्टीकरण दिदै हिड्नु परेको छ । बुहारी, ज्याइँ सबैको मन्त्री बन्ने पालो पनि पुर्यादिए ।

पार्टीका निकटका नेताहरुलाई बडे बडे घोटाला र काण्डहरुबाट सर्लक्कै निकाल्न सफल भए । कुनै बेला आफैले विरोधमात्रै होइन कारबाही नै चलाएको भड्किलो विवाह जसलाई अहिले त कानूनले समेत बर्जित गरेको छ, घरमुली बनेर नातिनीको गोकर्ण रिसोर्टमा भब्य विवाह समारोह रचाए । जसको माओवादी पार्टीभित्रै आलोचना भइरहेको छ ।आफु र परिवारमाथि प्रश्न उठ्नासाथ व्यवस्थामाथि आक्रमण भयो भन्न नछुटाएका प्रचण्डले आफ्नो यो कार्यकालमा न संघीयतालाई बलियो बनाउने प्रायस गरे र गणतन्त्रलाई ।बरु उल्टै धर्म र पहिचानको नाममा यो एक वर्षमा देशमा तनाव बढ्दो छ ।

अर्कातिर अहिले पनि निजामती कर्मचारी सेवासम्बन्धी कानुन र प्रहरी समायोजनका लागि प्रहरी ऐन संशोधन हुन नसक्दा प्रदेश सरकारले प्रभावकारी रूपमा काम गर्न सकेका छैनन् ।सातै प्रदेशका मुख्यमन्त्री संघीयता कार्यान्वयनका लागि आन्दोलन गर्ने अवस्थामा पुगेका छन् । प्रमुख प्रतिपक्षी दल एमालेले त प्रचण्ड नेतृत्वको सरकार अहिले कि भरै ढाल्नै पर्ने, नत्र देश झनै खत्तम हुने बताउँदै आएको छ । यता आफ्नै सहयात्री दलहरु पनि प्रचण्डको यो एक वर्षे कार्यकालबाट सन्तुष्ट छैनन् । कांग्रेसमा इतर समूहले बारम्बार प्रचण्डको नेतृत्व ठीक भएन भनि नै रहेको छ ।

पछिल्लो समय जसपा अध्यक्ष उपेन्द्र यादव पनि सरकारको कामकारबाहीप्रति सन्तुष्ट छैनन् । उनले गतसाता सरकारलाई ५३ बुँदे सुझाव दिँदै जनतालाई अनुभूति हुने गरी काम गर्न आग्रह गरेका छन् । यस्तै नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईले पनि प्रचण्ड नेतृत्वको सरकारको एक वर्षे कार्यकालको मूल्यांकनबाट उत्साहित हुनुपर्ने अवस्था नरहेको टिप्पणी गरेका छन् । सरकारले प्राथमिकता दिएका र दिनुपर्ने प्रमुख काम सुशासन, आर्थिक सुधार, शान्तिप्रकृयाको पूर्णतालगायतमा उल्लेख्य प्रगति नदेखिनुमा औपचारिकरूपमा सरकारको नेतृत्व गर्ने दल र व्यक्तिले जिम्मेवारी लिनुपर्ने उनको भनाइ छ ।

प्रचण्डको सुशासनलाई गिज्याउने अर्को घटना हो,सुन तस्करी अनुसन्धान । त्रिभुवन विमानस्थलबाट क्वीन्टलका क्वीन्टल सुन तस्करी भइरहेको पुष्टि हुने घटनाहरू पटकपटक दोहोरिए पनि गहिरो अनुसन्धान गरेर वास्तविक गिरोहसम्म पुग्न सरकार चुकिरहेको देखिन्छ । माओवादी नेताहरू जोडिएपछि अनुसन्धान मोडियो अनि रोकियो ।अर्कातर्फ आफ्ना निर्दोष कार्यकर्ताको निर्मम हत्या गरिएको गौर हत्याकाण्डको अनुसन्धानलाई पनि प्रधानमन्त्री प्रचण्डले सत्ता सौदाबाजीकै अस्त्र बनाए । सो घटनाको फाइल देखाएर उनले उपेन्द्र यादवलाई साइजमा राख्न खोजे ।

राष्ट्रिय मानवअधिकार आयोगलगायतका तत्कालीन अध्ययन प्रतिवेदनले यादवलाई मुख्य अभियुक्त मानेर मुद्दा चलाउन सिफारिस गरेका थिए । गौर घटनाका पीडितले भेटेपछि भावुक हुँदै अनुसन्धानको फाइल खोल्ने वचन दिएका प्रचण्ड यादवले सरकार छाड्ने चेतावनी दिएपछि भने चुप लागे ।सरकारले अर्थतन्त्रमा जतिसुकै सुधारको भाषण गरे पनि सूचकांकहरूले त्यसो भन्दैनन् । वर्षभरि नै आर्थिक मन्दीको हल्ला चलिरह्यो । शहरी क्षेत्रका ४० प्रतिशतभन्दा धेरै सटरहरू बन्द हुने स्थितिमा पुगे । आर्थिक संकटको कहालीलाग्दो यो स्थितिमा सुधार ल्याउने गरी सरकारले कुनै नयाँ योजना ल्याउन सकेन । महँगी नियन्त्रणबाहिर पुग्यो ।

बिग्रेको अर्थतन्त्रलाई ट्रयाकमा ल्याउने अनेक प्रयत्न गरेको दाबी प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री डा. प्रकाशशरण महतको छ । तर, कार्यान्वयन र नतिजामुखी बजेट ल्याउन नसक्दा स्वयम सत्तारुढ दलका नेताहरुले नै उनीहरु दाबी पत्याएका छैनन् । उनको कार्यकालको एक वर्ष आर्थिक मन्दी र निराशामै बित्यो । अर्कातर्फ कानुनी राज्यको सवालमा प्रधानमन्त्री प्रचण्डले बारम्बार पदीय मर्यादाको खिल्ली उडाइरहेका छन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका शीर्ष नेताहरू विप्लव र खड्गबहादुर विश्वकर्माविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ । उनी विश्वकर्मालाई बालुवाटार बोलाएर भेट्छन् ।

टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरीलाई सर्वोच्च अदालतले जन्मकैदको फैसला ग¥यो । फैसलाको पूर्णपाठसमेत नआउँदै चौधरीलाई प्रचण्ड सरकारले आममाफी दिलायो । जन्मकैद भोगिरहेका बाँकेका गुण्डा नाइके रिगल ढकालको कैद मिनाहा र उपप्राध्यापक प्रेम चलाउनेमाथि सांघातिक आक्रमण गर्ने नेविसंघका कार्यकर्ताको मुद्दा फिर्ता, यो पनि उनको पहिलो कार्यकालको दण्डहिनताको लहरो हो । जुन अदालतले गलत भएको ठहर गरिदियो ।यस्तै बितेको एक वर्षमा उनले कूटनीतिक सन्तुलन गुमाएको आरोप लाग्यो ।

भारत र अमेरिकातर्फ ढल्किएर चीनसँग दूरी बढाएको टिप्पणी राजनैतिक रुपमा मात्रै होइन कूटनीतिक वृत्तमा हुन थालेको छ । प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले त छिमेकीसँग प्रधानमन्त्री शिर ठाडो बनाएर बोल्नै नसक्ने अवस्थामा रहेको बताए।संयुक्त राष्ट्र संघका महासचिव एन्टोनिओ गुटेरेसको नेपाल भ्रमणलाई सरकारको कूटनीतिक उपलब्धि मान्न सकिन्छ । इजरायल–हमास युद्ध चर्किएको बेला उनको भ्रमण अन्तर्राष्ट्रिय रूपमा विवादको विषय भए पनि नेपालका लागि जलवायु परिवर्तनको मुद्दा अन्तराष्ट्रियकरण गर्ने राम्रो मौका बन्यो ।

फलस्वरुप दुबईमा भएको संयुक्त राष्ट्र संघीय जलवायु सम्मेलन (कोप–२८) मा नेपालको प्रभावकारी उपस्थिति रहनुलाई उपलब्धि मानिएको छ । यस्तै भारतसँगको ऊर्जा सम्झौतालाई प्रचण्ड सरकारको उपलब्धि मानिएको छ । यद्यपि दश वर्षमा एक हजार मेगावाट विद्युत निर्यातको सम्झौता भने अघि बढ्न सकेको छैन् । त्यसबाहेक जाजरकोट र रुकुम पश्चिममा १७ कात्तिकमा गएको भूकम्पमा तत्कालै प्रभावित क्षेत्रमा पुगेर उद्धार तथा सहायतामा सक्रियता देखाएको भन्दै प्रचण्डको प्रशंसा गरिएको थियो । तर, दुई महिना बितिसक्दासम्म पनि अस्थायी आवास तथा पुनर्स्थापनामा पहल नभएको भन्दै आलोचना हुन थालेको छ ।

त्यसबाहेक इजरायलमा हमासको आक्रमणमा ज्यान गुमाएका, घाइते र अन्य विद्यार्थीको उद्धारमा सरकारको पहल प्रशंसायोग्य रह्यो । तर संगै रुसमा ज्यान गुमाएकाहरुको शव वा अस्तुसम्म ल्याउन पनि सकेको छैन उता युक्रेनमा बन्दी रहेका नेपालीलाई छुटाउने पहल पनि सार्थक बन्न सकेन । रुसी सेनामा नेपाली भर्ना बारे बेखर हुनु र कति भर्ना भएका छन् भन्ने आधिकारिक जानकारी समेत रुसबाट लिन नसक्नु सरकारका लागि लज्जाको विषय हो । हुनत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक सार्वजनिक कार्यक्रममा आफ्नो कार्यशैलीलाई परिणाममुखी बनाउने गरी अघि बढिरहेको बताएका छन् ।

उनले राष्ट्रको नाममा सम्बोधन गर्दा आफूले वर्ष दिनमा गरेका काम र अब गर्ने कामका फेयरिस्त प्रस्तुत गरे । उनले केही आश्वासनहरु पनि बाँडेका छन् ।उनले सिंहदरबारको कामलाई व्यवस्थित बनाउन मन्त्री र मन्त्रालयका सचिवहरूलाई आफू १० बजे नै सिंहदरबार पुगेर उनीहरूसँग छलफल गर्ने र परिणाममुखी काम गर्न निर्देशन दिने बताएका छन् । प्रधानमन्त्री प्रचण्डले अर्को वर्ष विकास र सेवाको क्षेत्रमा नयाँ रेकर्ड बनाउने गरी आफू अघि बढिरहेको बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डको यो एक वर्षको कार्यकाल, यसका उपलब्धि र उनले गर्दै आएका बाचा र प्रतिबद्धतामा तपाइँका टिप्पणी के छन्, अवस्य व्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Tags: #प्रचण्डको एक वर्ष#प्रचण्डको एक वर्ष वित्यो

लोकप्रीय

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२

विचार

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२

थप समाचार

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास
ताजा समाचार

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो
अन्तर्राष्ट्रिय

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता
ताजा समाचार

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२
के अब एमालेमा ‘मदनको नीति, विद्याको नेतृत्व’ आउने हो ?
राजनीति

विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ?

मङ्लबार असार १७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२

हालका पोस्टहरू

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.