विराटनगर,भदौ २५
तेह्रथुम जिल्लाको फेदाप गाउँपालिका–५ मा सोमवार दिउँसो अविरल बर्षासंगै आएको खहरे खोलाले बगाएर १ जनाको मृत्यु भएको छ ।खहरे खोलाले बगाएर तेह्रथुम फेदाप गाउँपालिका–५ बस्ने बर्ष ४० को ईन्द्र बहादुर लिम्वुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।
दिउँसो करिब पौने १ बजे फेदाप गाउँपालिका–५ स्थित पञ्चमीडाँडाबाट चामल लिएर घर फर्कदै गरेको अबस्थामा खोला तर्ने क्रममा अचानक बाढीले बगाएर बेपत्ता बनाएको थियो ।
घटनाको जानकारी पाउना साथ तत्काल खटिएको प्रहरी टोलीले लिम्बुको शव १ किलोमिटर तल खोलाको किनारमा फेला पारेको थियो । भेटिएको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल तेह्रथुम लैजाने तयारी भईरहेको ईलाका प्रहरी कार्यालय आठराईले जनाएको छ ।