Nepal Times
Nepal Times
3
Shares

भोलिदेखि वर्षा र हिमपात

भोलिदेखि वर्षा र हिमपात

१३ पुष, काठमाण्डौ ।

भोलीदेखि देशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भोली पुस १४ गते शनिवार कोशी प्रदेशको पहाडी भू–भागको एक– दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका बाँकी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

भोली राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश लगायत कोशी र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली देखि सामान्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक– दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै पुस १५ गते आइतबार दिउँसो कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम, लुम्बिनी र बागमती प्रदेश सहित कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

कर्णाली, गण्डकी तथा कोशी प्रदेशको पहाडी भू–भागको एक– दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै देशको उच्च पहाडी तथा हिमाली भू–भागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आइतबार राति देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । गण्डकी, बागमती र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज भने देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिकदेखि मौसम सामान्यतया सफा रहेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन ।

महाशाखाले आज बिहानैदेखि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका थोरै स्थानहरूमा तथा देशका बाँकी तराई भू–भागका एक–दुई स्थानमा हल्का देखि मध्यम हुस्स÷कुहिरो लागेको बताएको छ ।

आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने तथा राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.