हर्क हिटलरको बाटोमा ?

१२ पुस ८०, शुक्रबार

१३ पुष, काठमाण्डौ ।

स्वतन्त्र उमेद्वारका रुपमा चुनाव जितेर धरान उपमहानगरपालिकाका मेयर बनेका हर्क साम्पाङविरुद्ध फेरि एकपटक राजनीतिक दलहरु एकजुट भएका छन् । पाँच राजनीतिक दलले धरानका मेयर हर्क साम्पाङ निरन्तर रूपमा अराजकता, मनोमानी र उद्दण्डतामा प्रस्तुत भएको बताएका छन् ।

आफ्नो कार्यकक्षमा राखिएको राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएपछि धरानमा क्रियाशील पाँच राजनीतिक दलले साम्पाङ मेयर भएपछि निरन्तर अराजकतातर्फ लागेको बताएका हुन् । विहीबार एक संयुक्त प्रेस विज्ञप्तिमार्फत नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र एकीकृत समाजवादीले धरानका मेयर साम्पाङले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रणालीमाथि गम्भीर प्रहार गरेको बताएका छन् ।

Advertisement

साम्पाङको सामाजिक सञ्जालको प्रस्तुति र गतिविधिले निरङ्कुश र उदण्ड शैलीमार्फत हिटलरको बाटोमा हिँड्न खोजेकै हुन त ? भन्ने बहसलाई उजागर गरेको दलहरूको भनाइ छ । “हामी धरान उपमहानगरपालिकाको नेतृत्वलाई सचेत गराउँदै संविधान र राष्ट्रप्रति सोही प्रक्रियाबाट निर्वाचित भएका प्रमुखले राष्ट्र प्रमुख÷राष्ट्रपति र कार्यकारी प्रमुख प्रधानमन्त्रीको तस्बिर यथास्थानमा राख्न हुन जोडदार माग गर्दछौँ,“ विज्ञप्तिमा भनिएको छ ।

साम्पांग विजयी भएपछि भाइचाराका आधारमा मिलेर बसेको समाजलाई विभाजित गर्ने काम भएको समेत आरोप लगाइएको छ । उनीहरूले यसै प्रणालीलाई टेकेर अद्यावधिक निर्वाचनमार्फत निर्वाचित उपमहानगर प्रमुखले संविधानको ठाडो उलङ्घन गर्ने कार्य गरेको ठहर गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ,राज्य र राज्यका निकायहरू लोकतान्त्रिक मूल्य र मान्यताको आधारमा सञ्चालन हुने व्यवस्थाबाट नै हालमा तीन तहका सरकारहरू सञ्चालन भई रहेको छ । २०७९ को स्थानीय निर्वाचन पश्चात् धरान उपमहानगरपालिकामा स्वतन्त्र व्यक्तिले उपमहानगर प्रमुखको रूपमा जिम्मेवारी निर्वाह गरी रहेको छ । जन लोकतन्त्रको सुन्दर पक्ष हो । तर विडम्बना धरान उपमहानगरपालिकामा स्वतन्त्र व्यक्ति आए देखि निरन्तर व्यवस्था माथि प्रहार भइरहेको छ ।

साम्पाङले केन्द्र सरकारले चासो नदिएको भन्दै विहीबार आफ्नो कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर किराँती राजा यलम्बरको फोटो राखेपछि यसमा तीव्र प्रतिक्रिया आएका छन् । राजनीतिक दलहरुले उनी हिटलरको बाटोमा अघि बढेको बताउँदा केहीले भने उनले अर्को क्रान्ति गरेको टिप्पणी गरेका छन् ।

हर्कले आफ्नो कार्यकक्षमा फोटो राख्नु अगाडी बुधबार, ‘भोलि म राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दै छु! जुन दिन केन्द्रले धरानलाई महत्त्व दिन्छ त्यो दिन पुनः उनीहरूको फोटो टाँस्नेछु! जय देश!’ भन्दै स्ट्याटस पनि लेखेका थिए । केन्द्रमा आएर प्रधानमन्त्रीसँग भेटेर हाँसीखुसी धरान फर्केका मेयरले गरेको पछिल्लो निर्णयले धेरैलाई आश्चर्यमा समेत पारेको छ । यद्यपी सामाजिक सञ्जालमा उनको यो कामलाई कतिपयले क्रान्तिकारी निर्णय मानेका छन् ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top