बालकुमारीमा प्रहरीको गोली लागेर एकको मृत्यु, थप एकको अवस्था चिन्ताजनक

१२ पुस ८०, शुक्रबार

१३ पुष,काठमाण्डौ ।
ललितपुरको बालकुमारीमा भएको ईपीएस आन्दोलनकारीको घेराबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला बालबाल बाँचेका छन् । आज दिउँसो आन्दोलनकारीको घेराउमा परेर जोगिएका मन्त्री ज्वालाले यसबारे बताएका छन् । उनले आन्दोलनको बारेमा मेसो नपाउँदा गाडी जल्नेसम्मको अप्रिय घटना भएको बताएका छन् ।

बालकुमारीबाट सातदोबाटोतर्फ गइरहेका बेला आन्दोलनकारीले पुलमै गाडी रोकेर मन्त्री तथा पीएसओ र चालकलाई निकालेर आगो लगाएका थिए । गाडीसँगै मन्त्रालयका महत्वपूर्ण कागजात समेत जलेको मन्त्री ज्वालाले बताएका छन् । मन्त्रीका पीएसओले गोली चलाएर गाडी तथा मन्त्री जोगाउन सक्थे । तर, मन्त्रीले नै गोली चलाउन दिएनन् ।

यसो गर्दा गाडीमा रहेको ल्यापटपलगायका महत्वपूर्ण सामग्री समेत जलेका छन् । ‘हामी बालकुमारीबाट सातदोबाटोतर्फ जान लागेका थियौं । ईपीएसवालाको लफडा चलिरहेको रहेछ । तर, हामीलाई थाहा थिएन, उनले भने, हाम्रो गाडीलाई बीचमा पारेर घेरा हालिसकेका थिए ।

उनीहरूले पहिले गाडीको हावा खुस्काए त्यस क्रममा धकेलाधकेल गर्न थाले । हामी त कसोकसो त्यसबाट उम्कियौं । तर, गाडीभित्रको ल्यापटप, मन्त्रालयसँग सम्बन्धित कागजात केही निकाल्न पाइएन । जसोतसो हामी उम्कियौं । तर, सबै चिज जल्यो, गाडी त देखिहाल्नुभयो होला,’ मन्त्री ज्वालाले भने ।

यसबीच प्रदर्शनमा घाइते भएका अर्का युवकको अवस्था चिन्तजनक रहेको छ । उनलाई किस्ट अस्पतालमा लगिएको छ । यसअघि प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको थियो । प्रहरीको गोली लागेका एक युवकको किस्ट अस्पतालमा मृत्यु भएको प्रहरीले बताएका छ । मृत्यु भएकाको सनाखत भएको छैन ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top