विराटनगर : प्रदेश १ मा एउटा जिल्लामा उत्पादन गरिएका कुखुरा अर्को जिल्लामा निकासी गर्दा तिर्नुपर्ने करमा बृद्धि भएको छ ।
सरकारले जिल्ला निकासी करमा कुखुरामा १ सय ५० प्रतिशतले बृद्धि गरेको छ भने चल्ला निकासी निशुल्क गरेको छ । आर्थिक वर्ष २०७५–०७६ का लागि प्रदेश सरकारले कृषकले उत्पादन गरेको कुखुरा जिल्ला निकासी गर्दा प्रतिगोटा पाँच रुपैँया र चल्ला निकासीलाई निः शुल्क गरेको हो ।
विगत वर्षहरुमा चल्ला जिल्ला निकासी कर पनि लाग्थ्यो । तर प्रदेश सरकारले बनाएको आर्थिक ऐन २०७५ मा भने कुखुरामा लाग्ने कर २ रुपैँयाबाट बढाएर पाँच रुपैँया बनाएको छ भने १५ पैसा लिदै आएको चल्ला निकासी निः शुल्क गरिएको छ । यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।