NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता मङ्लबार असार १७ , २०८२
विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ? मङ्लबार असार १७ , २०८२
युक्रेन जित्न रुसले सुरु गर्यो अन्तिम लडाई, सुमीमा पठायो ५० हजार सेना  मङ्लबार असार १७ , २०८२
विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा मङ्लबार असार १७ , २०८२
Next
Prev

समाचार

सन् २०२४ मा विश्व अर्थतन्त्र कस्तो रहला ?

सोमवार पुस १६ , २०८०
Reading Time: 1 min read
A A
Advertisement
प्रचण्डले देखेनन् बेरोजगारी,३८ खर्ब रेमिट्यान्स कहाँ हरायो ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

१६ पुष,विराटनगर ।
ग्रेगोरियन पात्रो अनुसार अंग्रेजी नयाँ वर्ष सन् २०२४ आजदेखि सुरु भएको छ । जिजस क्राइस्टलाई मृत्युदण्ड दिएपछि इस्वी सन् सुरुआत भएको मान्यता छ । येशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्षको रुपमा मनाउने प्रचलन छ ।

इराकको मेसोपोटा मियाबाट नयाँ वर्ष मनाउन थालिएको मान्यता छ । रोमन भाषाको जेनस शब्दबाट नयाँ वर्षको पहिलो महिना जनवरीको नामाकरण भएको मानिन्छ । अंग्रेजकी नयाँ वर्ष २०२४ लाई हर्षोल्लासका साथ विश्वभर स्वागत गरिएको छ । नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् ।

सबैभन्दा पहिला नयाँ वर्षको स्वागत किरिबातीमा गरियो । यो मध्य प्रशान्त महासागरमा अवस्थित द्वीप देश हो । यसपछि भव्यताका साथ न्युजिल्यान्डमा नयाँ वर्ष मनाइएको छ । अकल्यान्डको स्काई टावरमा आतिशबाजी गर्दै नयाँ वर्षलाई स्वागत गरिएको थियो । अकल्यान्डमा हजारौँ मानिसहरु नयाँ वर्षको स्वागतका लागि स्काई टावर नजिक भेला भएका थिए ।

यसपछि अस्ट्रेलिया, जापान, कोरिया, चीनमा पनि भव्य रुपमा नयाँ वर्ष २०२४ लाई स्वागत गरियो । यस्तै भारत र नेपालमा पनि आइतबार मध्यराति अंग्रेजी नयाँ वर्षको स्वागत गरियो । विदेशी पर्यटकको भीडभाड हुने काठमाडौंको ठमेल, पोखरा, सौराहा, लुम्बिनी लगायत स्थानमा ‘न्यु इयर इभ’का नाममा यो संवत् मनाइएको छ ।

विश्वभर नयाँ वर्षको स्वागत गरिरहँदा वितेको वर्ष सन् २०२३ विश्वका लागि साइरन बज्ने वर्षका रुपमा रह्यो । कतै क्षेप्यास्त्र परिक्षणका लागि साइरन बजे त कतै युद्धको क्रममा बजिरहे । पूराना युद्धहरू जारी रहेकै बेला वर्ष २०२३ ले नयाँ युद्धको पनि सामना गर्नुपरेको छ ।

सन २०२२ को फेब्रुअरीमा सुरु भएको रुसयुक्रेन युद्ध जारी रहेकै बेला इजरायल र हमासबीच अक्टोबर ७ बाट अर्को भीषण युद्ध सुरु भयो । उता यसै वर्ष सुडानमा फेरि गृहयुद्ध उत्कर्षमा पुगेको छ । गृहयुद्धले सुडानलाई तहस नहस पारेको छ । सन् २०२३ मा सुडानमा लोकतन्त्र स्थापना हुनुपर्ने थियो । तर यसको सट्टामा सुडानी जनताले झन् गृहयुद्ध भोग्न बाध्य भए । यी देशहरुमा गत वर्षभरी कयौं पटक साइरन बजिनै रहे ।

यो वर्ष अफ्रिकामा पनि सैन्य ‘कू’ को आतङ्क जारी रह्यो । गएको जुलाईमा नाइजरको सेनाले प्रजातान्त्रिक ढङ्गबाट निर्वाचित राष्ट्रपतिलाई अपदस्थ गरेको थियो । छिमेकी राज्यहरूले ‘कू’ फिर्ता नलिए हस्तक्षेप गर्ने धम्की दिए पनि माली र बुर्किना फासोमा सञ्चालित सैन्य शासकहरूले त्यसको जवाफमा युद्धको धम्की दिएका छन् ।

अगस्टमा ग्याबोनको सेनाले सत्ता कब्जा ग¥यो र अन्ततः चुनाव गर्ने अस्पष्ट प्रतिज्ञाहरू गरे । यता गाजामा इजरायल र हमासबीच युद्ध चलिरहँदा रेड सीमा अमेरिका, उसको नेतृत्वको गठबन्धन र हमासका शुभचिन्तक हतियारधारी समूहहरुबीच पनि युद्ध सुरु भएको छ । खासगरि हुथी र अमेरिका रेड सीमा आमनेसामनेको स्थितिमा छन् ।

सिरिया, लेबनान, इरानका लडाकु समूहसंग पनि अमेरिकाको संघर्ष चलिनै रहेको छ । यता ताइवानलाई लिएर चीनले पटक पटक आफ्नो शक्ति प्रदर्शन जारी नै राख्यो । उत्तर कोरियाले शक्तिशाली क्षेप्यास्त्रहरुको सफल परिक्षण गर्दा गत वर्ष पनि दक्षिण कोरिया, जापानमा साइरन बजेका थिए ।

यो वर्ष अजरबैजानले नागोर्नो–काराबाखलाई आफ्नो नियन्त्रणमा लिएको छ । सन् १९९१ मा स्वतन्त्र राष्ट्र घोषणा भएको काराबाखमा सोभियत संघको पतनको तीन दशकपछि पनि पराकम्प महसुस भइरहेको छ । सेप्टेम्बर २०२३ मा अजरबैजानले आक्रमण ग¥यो । केही दिनभित्रै उसले आफ्नो नियन्त्रणमा नरहेका क्षेत्रमाथि कब्जा जमायो र गुमेको त्यस क्षेत्रलाई ‘पुनः एकीकरण’ शुरु गर्ने घोषणा ग¥यो ।

एक हप्ताभित्र एक लाखभन्दा बढी अर्मेनियाली वा नागोर्नो–काराबाखको जनसङ्ख्याको लगभग ८५ प्रतिशत भागेर अर्मेनिया पुगे । यस पलायनले अर्मेनियामा आफ्नो सरकार अर्मेनियालीहरूको सुरक्षा गर्न असफल भएको विरोधमा प्रदर्शनहरू निम्त्यायो । अजरबैजानलाई अर्मेनियाली विभाजित बनेका समय नियन्त्रण गर्न सहज भयो ।

विश्वका निकै संवेदनशील क्षेत्रमा घातक युद्ध चलिरहँदा गत वर्ष दुई प्रमुख शक्तिहरु अमेरिका–चीनबीचको सम्बन्धमा निकै उतारचढाव देखियो । वर्षको सुरुमा तनाव कम हुँदै गएको देखिन्थ्यो । अघिल्लो वर्ष नोभेम्बरमा इन्डोनेसियाको बालीमा भएको जी–२० शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच फलदायी भेटवार्ता भएको थियो ।

दुई देशबीचको बढ्दो तनावपूर्ण भूराजनीतिक द्वन्द्वलाई कम गराउन अमेरिकी राज्य सचिव एन्टोनी ब्लिन्केनले गत फेब्रुअरीमा बेइजिङको भ्रमण गर्ने योजना थियो । तर त्यसपछि संयुक्त राज्य अमेरिका आकाशमा एक चिनियाँ निगरानी बेलुन देखा परेपछि सम्बन्ध फेरि विग्रियो ।

अन्ततः जुन महिनामा ब्लिन्केन बेइजिङ गए । यसको केही समयपछि नै वाशिङ्टनले चीनसँगको व्यापारमा थप प्रतिबन्धहरू लगायो । गत नोभेम्बरमा एपेक समिटमा बाइडेन र जिनपिङबीच सान फ्रान्सिस्कोमा भेटघाट भए पनि साना सम्झौताबाहेक अरु केही भएन ।

मिसाइल र बमबारीले देशहरुमा आगो बलिरहँदा र त्यसको असरस्वरुप विश्वभर महंगाईले नागरिकहरुको ढाड सेकिरहँदा मौसमले पनि यो वर्ष पृथ्वीमा तातो ओकल्यो । सन् २०२३ ले इतिहासकै सबैभन्दा तातो वर्षको रूपमा रेकर्ड बनायो । १ लाख २५ हजार वर्षयता विश्वव्यापी तापमान कहिले यति उच्च भएको थिएन ।

विश्वव्यापी तापमानले सन् २०१५ को पेरिस सम्झौतामा समावेश गरिएको २ डिग्री सेल्सियसको सीमा पार गर्ने संघारमा छ । यसकै नतिजास्वरूप विश्वभरि चरम मौसमी घटनाहरू भएका छन् । विश्वका ठूल्ठूला जंगलमा यति ठूला आगो लागे कि जुन इतिहासमा कहिल्यै लागेका थिएनन् । चरम खडेरीदेखि ठूला बाढीसम्म यसै वर्ष आए ।

यद्यपी गत वर्ष नै यूएईमा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय सम्मेलन (कोप–२८) मा धेरैजसो देश नवीकरणीय र हरित ऊर्जा उत्पादनलाई बढावा दिँदै जीवाश्म इन्धनको प्रयोगलाई न्यून गर्दै जानेमा सहमति भएका छन् । कोप–२८ मा अहिलेसम्म गरिएका प्रतिबद्धताले सन् २०३० सम्ममा हरित गृह ग्यास उत्सर्जनमा कमी गर्न आवश्यक पर्ने कार्यमा ३० प्रतिशतले मात्र कमी ल्याउने विश्वास गरिएको छ ।

युद्ध, चरम मौसमी संकट, अभाव लगायतका कारण सन २०२३ मा वर्षको सुरुवातमा अधिकांश विश्लेषकहरूले सो वर्ष विश्व अर्थतन्त्र संकुचन हुने आँकलन गरेका थिए । तर त्यसको विपरीत सन् २०२३ को विश्व अर्थतन्त्र धेरै लचिलो साबित भयो । विशेष गरि बेरोजगारीमा ठूलो वृद्धि नभई विश्वव्यापी मुद्रास्फीति घटेको देखियो ।

यद्यपि, ‘सफ्ट ल्यान्डिङ’को अपेक्षा गरिरहेका नीति निर्माताहरू अप्ठ्यारो परिस्थितिबाट पूर्ण रुपमा बाहिर निस्किएका भने छैनन् । अब नयाँ वर्ष सुरु भएसंगै यो वर्ष अर्थतन्त्रको हिसाबले कस्तो रहला भन्नेमा पनि धेरैले चासो राखेका छन् ।

यसै संदर्भमा अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एण्ड डेभलपमेन्ट (ओइसीडी)ले २०२४ मा विश्वव्यापी उत्पादन सुस्त हुने प्रक्षेपण गरेको छ । उच्च ब्याज दरले मुद्रास्फीति र आर्थिक गतिविधिमा उतारचढाव निम्त्याउने ओईसीडीको अनुमान छ ।

आर्थिक वृद्धिका लक्ष्यहरु पूरा हुने समयावधि सन् २०२५ सम्म लम्बिने पेरिसमा आधारित संगठन ओइसीडीले आकलन गरेको हो । त्यो अवस्थामा प्रमुख केन्द्रीय बैंकहरूले आक्रामक रूपमा ऋण लागत कटौती गर्ने अपेक्षा गरिएको छ । त्यतिन्जेल, विश्वव्यापी कुल गार्हस्थ उत्पादन (जीडीपी) अर्को वर्ष २.७ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ, जुन २०२३ को २.९ प्रतिशत भन्दा केही कम हो ।

यद्यपि,आर्थिक पूर्वानुमान कुनै ‘रकेट साइन्स’ भने होइन । १२ महिनाअघि अमेरिकाले ठूलो मन्दीको सामना गर्ने भविष्यवाणी गरिएको थियो । उच्च ऋण लागतले विकासोन्मुख देशमा शृंखलाबद्ध रूपमा डिफल्टलाई ट्रिगर गर्ने कुरामा अमेरिका बाहिर बजार निर्माताहरूले सर्त नै लगाउन भ्याए । तर यी दुवै भविष्यवाणी गलत साबित भए ।

समग्रमा वितेको वर्ष २०२३ तपाइँका नजरमा कस्तो रह्यो र यो नयाँ वर्षबाट के अपेक्षा गर्नु भएको छ, आफ्ना धारणाहरु अवस्य ब्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Tags: #विश्व अर्थतन्त्र#सन् २०२४ मा विश्व अर्थतन्त्र

लोकप्रीय

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२
के अब एमालेमा ‘मदनको नीति, विद्याको नेतृत्व’ आउने हो ?

विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ?

मङ्लबार असार १७ , २०८२

विचार

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२
के अब एमालेमा ‘मदनको नीति, विद्याको नेतृत्व’ आउने हो ?

विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ?

मङ्लबार असार १७ , २०८२

थप समाचार

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो
अन्तर्राष्ट्रिय

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता
ताजा समाचार

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२
के अब एमालेमा ‘मदनको नीति, विद्याको नेतृत्व’ आउने हो ?
राजनीति

विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ?

मङ्लबार असार १७ , २०८२
रुस–युक्रेनबीच भीषण युद्ध, किभले कमान्डर फेर्याे
अन्तर्राष्ट्रिय

युक्रेन जित्न रुसले सुरु गर्यो अन्तिम लडाई, सुमीमा पठायो ५० हजार सेना 

मङ्लबार असार १७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
ज्वालाले झारे झाँक्रीको झाँको, शिक्षकलाई समर्थन

बोल्न पाइन्छ भन्दै ओलीलाई छाडेकी झाक्रीको मुख बन्द

सोमवार असार १६ , २०८२

हालका पोस्टहरू

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२
के अब एमालेमा ‘मदनको नीति, विद्याको नेतृत्व’ आउने हो ?

विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ?

मङ्लबार असार १७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.