Nepal Times
Nepal Times
3
Shares

जापान भूकम्पः अहिलेसम्म कति क्षति भयो ?

जापान भूकम्पः अहिलेसम्म कति क्षति भयो ?

१७ पुष, एजेन्सी ।
जापानमा सोमबारको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ३० पुगेको छ । मध्य जापान र वरपरका क्षेत्रमा ठूलो भूकम्प गएपछि मृत्यु हुनेको संख्या कम्तीमा ३० पुगेको इशिकावा प्रान्तका अधिकारीहरुले मंगलबार बताएको सीएनएनले उल्लेख गरेको छ ।

जापानका प्रधानमन्त्री फुमियो किशिदाले भूकम्पबाट प्रभावितको उद्धारलाई समयसँगको लडाइको संज्ञा दिँदै सरकारले भूकम्प प्रभावित क्षेत्रमा केही आत्मरक्षा बल पठाएको र सहयोग जारी राख्ने बताएका छन् । उक्त कार्यका लागि जापानको सुरक्षा फौज अर्थात् देशको सेना सरहको एसडीएफका करिब १ हजार सदस्य खटिएका छन् ।

किशिदाले भत्किएको सडकले त्यस क्षेत्रमा पहुँच बन्द गरेको भन्दै त्यसलाई तत्कालै खुलाइएको बताएका छन् । उद्धारकर्ताहरूदे भत्किएका भवनहरू मुनि फसेका मानिसहरूसम्म पुग्ने काम गरिरहेको उनले बताएका छन् । सोमबार इशिकावा प्रान्तको नोतो प्रायद्वीपमा ७.६ म्याग्निच्युडसम्मका शक्तिशाली भूकम्प गएको थियो ।

जापान मौसम विज्ञान एजेन्सीले आधिकारिक रूपमा यसलाई २०२४ नोतो प्रायद्वीप भूकम्पको नाम दिएको छ । सोमवारदेखि जापानमा १५५ पराकम्प गएका छन् । जसमा गएको २४ घण्टामा भूकम्पको केन्द्रविन्दु नजिकै २.५ म्याग्निच्युडभन्दा माथिका ३५ वटा पराकम्पन गएको संयुक्त राज्य अमेरिकाको भूगर्भ सर्वेक्षणले जनाएको छ ।

यसअघि भूकम्प आएसंगै सुनामीको चेतावनी दिइएको थियो । पछि त्यसलाई हटाइएको थियो । यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडनले आवश्यक सहायता उपलब्ध गराउन अमेरिका तयारी अवस्थामा रहेको बताएका छन् । त्यस्तै ब्रिटेनका प्रधानमन्त्री ऋषि सुनकले पनि सोमवारको भूकम्पपछिका घटनाहरू नियालीरहेको भन्दै जापानलाई मद्दत गर्न युके तयार रहेको बताएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.