प्रचण्ड र देउवाले माधवलाई कसरी फकाए ?

२१ पुस ८०, आइतबार

२२ पुष, काठमाण्डौ ।
नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा निर्वाचनका लागि ६ जनाको नाम टुंगो लगाएको छ । आइतवार बसेको सत्ता गठबन्धनको बैठकले माओवादीले ६ सिट लिने गरी सहमति गरेको थियो । गठबन्धनमा भएको सहमतिअनुसार माओवादीले उम्मेदवारको टुंगो लगाएको हो ।

माओवादी सचिव देवेन्द्र पौडेलका अनुसार कोशी प्रदेशबाट चम्मादेवी कार्की, बागमती प्रदेशबाट श्रीकृष्ण अधिकारी र गण्डकीबाट मनरूपा शर्मा उम्मेदवार बन्नेछन् । लुम्बिनीबाट झक्कु सुवेदी, कर्णालीबाट विष्णु विश्वकर्मा र सुदूरपश्चिमबाट रेणु चन्द सिफारिश भएका छन् ।

सुवेदी २०६४ सालको संविधानसभा चुनावमा एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाललाई काठमाडौं २ बाट पराजित गरेर चर्चामा आएका थिए । त्यसयता उनी लगातार चुनाव हार्दै आएका छन् । २०७४ सालमा उनी काठमाडौं ६ बाट वामपन्थी गठबन्धनको उम्मेदवार बने पनि पराजित भएका थिए ।

Advertisement

सुदुरपश्चिमबाट सिफारिश भएकी चन्द २०६४ सालको संविधानसभा निर्वाचनमा बैतडीबाट निर्वाचित भएकी थिइन् । माघ ११ गते हुने राष्ट्रिय सभा चुनावका लागि भोलि सोमवार उम्मेदवारी मनोनयन गर्ने कार्यक्रम छ । १९ सीटको लागि आगामी माघ ११ गते हुने निर्वाचनमा गठबन्धनबाट माओवादीले ६ सिट पाएको थियो ।

राष्ट्रियसभा निर्वाचनको भोलि उम्मेदवारी दर्ता हुँदैछ । गठबन्धनको सिट बाँडफाटमा असन्तुष्ट बनेको नेकपा एस पनि अन्ततः २ सिटमा चित्त बुझाउने भएको छ । आज बसेको सचिवालय बैठकले असन्तुष्टिका बाबजुद गठबन्धनले गरेको भागबन्डाअनुसार चुनाव लड्ने निर्णय लिएको प्रवक्ता जगन्नाथ खतिवडाले बताएका छन् ।

बिहान बालुवाटारमा बसेको गठबन्धनको बैठकले कांग्रेसलाई १०, माओवादीलाई ६, नेकपा एसलाई २ र जसपालाई एक सीट दिने सहमति गरेको छ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राष्ट्रियसभामा २ सिट लिए कुनै मन्त्रालय वा समितिको सभापति थप्ने कांग्रेस र माओवादी केन्द्रबाट प्रस्ताव आएको बैठकमा ब्रिफिङ गरेका छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top