NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ ९ , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ ९ , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ७ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ७ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ७ , २०८२
Next
Prev

समाचार

ताइवानको चुनावले चीन र अमेरिकाको मुटु धड्कियो

आइतवार पुस २२ , २०८०
Reading Time: 1 min read
A A
Nepal Top
ताइवानको चुनावले चीन र अमेरिकाको मुटु धड्कियो

04/22/2022

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२० पुष, एजेन्सी ।
ताइवानमा यही १३ जनवरीमा आम निर्वाचन हुँदैछ । उक्त चुनावबाट राष्ट्रपतिसँगै नयाँ सांसदहरुको चयन हुनेछ । स्वशासित द्वीप भए पनि ताइवानमा हुने यो चुनावलाई लिएर अहिले चीनदेखि अमेरिकासम्मले ध्यान केन्द्रित गरेका छन् । रणनीतिक र भूराजनीतिक रुपमा महत्त्वपूर्ण रहेको ताइवान र त्यहाँको चुनावको विषयलाई लिएर अहिले विश्व शक्तिहरुको ध्यान यो द्विपमाथि केन्द्रित छ ।

ताइवानमा हुने चुनावबाट आउने परिणामले थुप्रै कुराहरुमा असर पर्ने देखिन्छ । चुनावको नतिजाले यो द्विप र चीनबीचको सम्बन्धलाई असर पर्नेछ । निर्वाचनको परिणामले यो क्षेत्रमा तनाब सिर्जना गर्ने तथा बढाउने सक्ने सम्भावना पनि प्रबल छ । र यसले विश्वभरकै अर्थव्यवस्थामा पनि असर पर्नेछ ।

हाल ताइवानकी राष्ट्रपति साई इंग वेन संवैधानिक रुपमा तय गरिएको दुई कार्यकाल पूरा गर्दै पदबाट बिदा हुने अवस्थामा छिन् । उनको पार्टी डेमोक्रेटिक प्रोग्रेसिव पार्टी (डीपीपी)लाई चीनले पृथकतावादी मान्छ । तर पनि डीपीपीको गठबन्धनले आगामी चुनावमा ११३ सदस्यीय लेजिस्लेटिव युआन (ताइवानको संसद)मा बहुमत पाउने आशा गरेको छ ।

LS Auto

जससँग कानुन बनाउने, बजेट स्वीकृत गर्ने, युद्धको घोषणा गर्ने र राज्यका अन्य मुद्दाहरुमा समाधानको बाटो खोज्ने अधिकार हुन्छ । आगामी चुनावका लागि ताइवानमा तीनजना राष्ट्रपति पदका उम्मेदवार रहेका छन् । हालकी राष्ट्रपतिकै पार्टी डीपीपीबाट लाई चिङ–ते उम्मेदवार रहेका छन् ।

चीनसँगको एकीकरणको विषयको लागि लाई एक प्रमुख बिरोधी मानिन्छन् । चीनले उनलाई कट्टर पृथकतावादी मान्छ र हालका राष्ट्रपति साईभन्दा पनि बढी खराब भएको बताउँदै आएको छ । तर, चुनाव नजिकिँदै जाँदा लाई भने चीनको दाबीको विपक्षमा वर्तमान राष्ट्रपति साईकै कुरा दोहोर्याउँदै ताइवान पहिलेबाटै स्वतन्त्र रहेको र कसैले पनि केही घोषणा नै गर्न आवश्यक नरहेको बताइरहेका छन् ।

लाईसँगै राष्ट्रपतिको पदका लागि हु यू–यी कोमिङताङ पनि चुनावमा उम्मेदवार छन् । उनी ताइवानको कोमिङताङ (केएमटी) पार्टीका उम्मेदवार हुन्, जुन पार्टी ताइवानको राष्ट्रवादी पार्टी हो । ताइवानमा उनको छवि उदारवादी र क्षमतावान नेताका रुपमा रहेको छ ।

उनी पेन–ब्लु गठबन्धनका नेता हुन्, जसले चीनसँगको बलियो सम्बन्ध र सम्भव भएसम्म एकीकरणको वकालत गर्छ । उम्मेदवार रहेका उनले हालै आफू अहिलेकै अवस्थालाई निरन्तरता दिने पक्षमा रहेको बताएका छन्, जसको अर्थ उनले स्वतन्त्रताको घोषणा पनि नगर्ने र चीनसँग एकीकरणको कुरा पनि नगर्ने रहेको छ ।

अर्का उम्मेदवार को वेन–जे ताइवान पीपुल्स पार्टी (टीपीपी)का उम्मेदवार हुन् । ताइवान र चीनबीचको सम्बन्धलाई लिएर भने टीपीपीसँग कुनै स्पष्ट पक्ष छैन । चुनावको परिणामले नै ताइवान र चीनबीचको सम्बन्ध कुन दिशातर्फ मोडिन्छ भन्ने देखाउनेछ । ताइवानमा हुने चुनाव स्वयं ताइवानका लागि त महत्त्वपूर्ण छ नै, सँगै चीन र अमेरिकाका लागि पनि महत्त्वपूर्ण छ ।

अमेरिका र चीनले एक हिसाबले आफ्नो प्रभावको लडाइ ताइवानमा निरन्तर गरिरहेका छन् । चिनियाँ राष्ट्रपति सि जिनपिङले कैयौं पटक एकीकरण भएरै छाड्ने कुरा गरेका छन् । र यसका लागि शक्तिको प्रयोग हुन सक्ने सम्भावनालाई पनि स्वीकारेका छन् । अमेरिका भने ताइवानको विषयमा कुनै पनि किसिमको सैन्य कारबाही भएमा त्यसलाई रोक्ने तयारीमा छ ।

केही पश्चिमा विश्लेषकहरुकाअनुसार यदि चीनले ताइवानमाथि कब्जा गरेमा चीनले पश्चिमी प्रशान्त क्षेत्रमा आफ्नो शक्ति देखाउनका लागि छुट पाउनेछ र गुआम र हुवाईजस्ता ठाउँमा रहेका अमेरिकी सैन्य क्षेत्रका लागि जोखिम उत्पन्न हुन सक्नेछ । तर, चीनले भने आफ्नो उद्देश्य पूर्णरुपमा शान्तिपूर्ण रहेको बताउँदै आएको छ ।

अहिले ताइवानको चुनावको विषयलाई लिएर भइरहेका विश्लेषण र सर्वेक्षणकाअनुसार डीपीपीका उम्मेदवार लाई चींग–ते केएमटीका के हु युभन्दा केही अगाडि नै देखिएका छन् र टीपीपीका को वेन–जे भने तेस्रो नम्बरमा मात्रै नभएर शीर्ष दुईभन्दा निकै कमजोर देखिएका छन् । तर, परिणाम के हुन्छ भन्ने कुरा चुनावले नै देखाउनेछ ।

Tags: #ताइवानको चुनाव

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२

विचार

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: ट्रम्पलाई पाकिस्तानको माया, अमेरिकामा विद्यार्थीलाई भिसा दिन फेरि सुरु || Nepal Times

World News: ट्रम्पलाई पाकिस्तानको माया, अमेरिकामा विद्यार्थीलाई भिसा दिन फेरि सुरु || Nepal Times

00:13:09

World News: किमका हजारौं सेना कुस्र्क जाँदै, इरानी परमाणुमा ट्रम्पले सैन्य हस्तक्षेप गर्ने

00:11:46

World News: Israelमा Pakistanले परमाणु ह*म*ला नगर्ने ,खनिजमा Chinaको हात माथि || Nepal Times

00:11:46

World News: Trumpविरूद्ध निरन्तर ‘नो किंग्स’ आन्दोलन, इजरेलमा इरानको क्षेप्यास्त्र आ*क्र*मण

00:07:05

World News: Netanyahuलाई सुरक्षित स्थानमा सारियो, Trumpविरुद्ध दशौँ लाख सडकमा || Nepal Times

00:12:34

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
सारुक मृत्यु प्रकरणमा बल्ल बोलिन् नम्रता

सारुक मृत्यु प्रकरणमा बल्ल बोलिन् नम्रता

सोमवार भदौ ११ , २०८०
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२

हालका पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.