विद्युत उत्पादन घट्यो, नेपाल फेरि भारतमाथि निर्भर

२७ पुस ८०, शनिबार

२८ पुष, काठमाण्डौ ।
हिउँदयाम सुरु भएसँगै नेपालमा बिजुलीको उत्पादन कम हुन थालेको छ । जाडो यामका कारण माग अत्यधिक बढेको तर स्वदेशमा उत्पादन कम हुन थालेकाले नियमित आपूर्तिका लागि भारतबाट बिजुली आयात गर्न थालिएको हो । हिउँदेयाम सुरु भएसँगै नेपाल भारतमाथि बिजुलीको लागि भर पर्न थालेको हो ।

नेपाल विद्युत प्राधिकरणले हाल भारतबाट दैनिक ३ सय मेगावाटको हाराहारीमा बिजुली आयात गर्न थालेको छ । हाल आन्तरिक उत्पादन घटेर ९ सय मेगावाटमा झरेको छ । प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईका अनुसार गत मंसिर अन्त्यबाट भारतमा बिक्री बन्द गरेको प्राधिकरणले हाल आन्तरिक उत्पादनले माग धान्न नसकेपछि भारतबाट बिजुली आयात गर्न थालेको हो ।

उनका अनसार नेपालको उत्पादन अहिले ९ सय मेगावाटमा झरेको छ । प्राधिकरण र यसका सहायक कम्पनीको २५० मेगावाट तथा निजी क्षेत्रको ६५० मेगावाट बिजुली कम परिमाणमा उत्पादन भएको छ । भट्टराईले भने, ‘भारतबाट अहिले ७ हजारदेखि ७ हजार ५ सय मेगावाट आवर बिजुली आयात गरिरहेका छौं ।’

प्राधिकरणका अनुसार हाल विद्युत जडित क्षमता करिब २९ मेगावाट पुगेको छ । तर सबै नदी प्रवाही आयोजना हुँदा हिउँद सुरु भएसँगै उत्पादन एक तिहाइभन्दा कममा झर्ने हुँदा भारतबाट आयात अनिवार्य रहेको प्राधिकरण भनाइ छ । मुलुकमा अहिले बिजुलीको औसत माग करिब १५ सय मेगावाटको हाराहारीमा पुगेको छ ।

बिजुलीको उच्च माग अर्थात पीक समयमा १७ मेगावाट माथि पुग्ने गरेको प्राधिकरणको तथ्यांक छ । प्राधिकरणले ‘लाइफ लाइन’ मानेको कुलेखानी जलाशययुक्त पीक समय (साँझपख) मात्रै चलाउने गरेको छ । बिहिबार कुलेखानीको सतह १५२२.४४ मा झरेको प्रवक्ता भट्टराईले जानकारी दिए ।

हाल प्राधिकरणले प्रिमियम नतिर्ने आयोजनाको लाइन काटेका कारण पनि माग केही कम रहेको प्राधिकरणको भनाइ छ । शुक्रबारदेखि पुनः बिजुली जोडिएपछि माग बढ्दै जाने प्राधिकरणले जनाएको छ । लाइन काटिएका यी २४ उद्योगले २८० मेगावाट बिजुली प्रयोग गर्दै आएका थिए ।

प्राधिकरणले हाल भारतबाट ७ हजार ५ सय मेगावाट घण्टा (करिब २९० मेगावाट) बिजुली आयात गर्दै आएको छ । ‘अपुग बिजुली व्यवस्थापन (आयात) गर्न २४ घण्टा अगाडि बुक गर्नुपर्छ,’ भट्टराईले भने । प्राधिकरणको प्रणाली सञ्चालन विभाग (साविकको भार प्रेषण केन्द्र) का अनुसार अहिले देशभर ९ सय मेगावाट मात्र बिजुली उत्पादन छ ।

यसमा नेपाल विद्युत प्राधिकरणको केवल २६० (कुलेखानीबाहेक) छ भने करिब ६५० मेगावाट निजी क्षेत्र (प्राधिकरणको सहायक कम्पनी माथिल्लो तामाकोसीसहित) छ । जाडो बढेको तर नदीमा जलस्तर घटेका कारण बिजुली माग वृद्धि र उत्पादन कम भएकाले लाइन काटिएका उद्योगहरुलाई पुनः लाइन जडान गर्न प्रणालीको सन्तुलन मिलाउन पनि आवश्यक रहेको बताइएको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top