बालेनका सल्लाहकारहरु बाट कर्मचारी वाक्क

१ माघ ८०, मंगलबार

२ माघ, काठमाण्डौ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले विभागैपिच्छे सल्लाहकार नियुक्ति गरेकामा कर्मचारी रुष्ट बनेका छन । हाल महानगरमा मेयरकै इच्छाअनुसार २१ जना सल्लाहकार तलब–सुविधासहित राखिएको छ । अन्य आठजना अवैतनिक र अघोषित सल्लाहकारको टिम पनि छ । नियमअनुसार महानगरपालिकाले कुनै निर्णय वा सूचना जारी गर्नुअघि महानगरको सम्बन्धित शाखाबाट टिप्पणी उठाएर र छलफल गरेर निर्णयमा पुग्नुपर्छ ।

तर, मेयर साहले यो नियमलाई नमानेको भन्दै कर्मचारीहरुले असन्तुष्टि जनाएका छन् । बालेनले आफूहरुको राय–सुझाव नलिएकामा पनि उनीहरुले दुखेसो पोखेका छन् । सरसल्लाहका लागि कर्मचारीले भेट्न खोज्दासमेत समय नदिएको उनीहरुको गुनासो छ ।

‘कार्यालयमा के–के भइरहेको छ भन्ने थाहा पाउन मेयरसापको फेसबुक हेर्नुपर्छ । मेयरसाप आउनुअघि टिप्पणी उठाउने, छलफल गर्ने र त्यसपछि मात्रै निर्णय हुन्थ्यो,’ महानगरका एक कर्मचारीले भने, ‘तर, मेयरसाप र उहाँका अघोषित सल्लाहकारलाई लाग्यो भने उहाँहरू कर्मचारीसँग सल्लाह नै नगरी निर्णय गरिहाल्नुहुन्छ । निर्णयमा मेयरसापले कर्मचारीलाई पनि हस्तक्षेप गर्नुभएको छ ।’

Advertisement

मेयर साहले आफूखुसी नियुक्ति गरेका सल्लाहकारदेखि कर्मचारी पनि चिढिएका छन् । सल्लाहकारले अनावश्यक फाइल माग्ने, फाइल अघि बढाउन दबाब दिने, समन्वय नगर्नेजस्ता समस्या झेल्नुपरेको महानगरका एक विभागीय प्रमुखले बताए । उनका अनुसार मेयर साहले एकलौटी ढंगले सल्लाहकार नियुक्ति गरिरहेका छन ।

अहिले ती सल्लाहकारको शैक्षिक योग्यता र अनुभवमाथि नै शंका गर्न थालिएको छ । ‘मेयर साहले हामीसँग समन्वय नै नगरी सल्लाहकार नियुक्त गरिरहनुभएको छ, काम गर्नलाई सिनियर कर्मचारी पनि छन्,’ ती विभागीय प्रमुखले भने, ‘मेयरले नियुक्ति गरेका सल्लाहकार हाम्रो काममा हस्तक्षेप गर्न आइपुग्छन ।’

Advertisement

मेयर साहले नियुक्ति गरेका स्वास्थ्य, राजस्व, कानुनी सल्लाहकारले कर्मचारीलाई दबाब दिएपछि यसअघि विवाद पनि भएको थियो । यसैबीच काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७९÷८० को ‘संस्थागत स्वमूल्यांकन’ मा आफूले आफैंलाई ७८.५ अंक दिएको छ ।

२९ पुसमा बसेको नगर कार्यपालिका बैठकमा प्रशासन विभागका प्रमुख दीपक अधिकारीले स्वमूल्यांकन सूचक, सूचकहरुको पूर्णाङ्क र प्राप्त अंक सम्बन्धी पेश गरेको विवरण अनुसार महानगरले ७८.५ अंक प्राप्त गरेको हो । महानगरको दोस्रो नगर सभामाले यो विवरणलाई अनुमोदन गरेको छ । आर्थिक वर्ष २०७७÷७८ मा ६०.७५ अंक प्राप्त गरेकोमा यो अवस्था झरेर आर्थिक वर्ष २०७८÷७९ मा ५७.२५ मा पुगेको थियो ।

आव ०७९÷८० मा भने ७८.५ अंक प्राप्त गरी आफ्नो क्षमता सुधार भएको उल्लेख छ । ०७७ सालमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको ‘स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन कार्यविधि’ अनुसार समग्र स्थिति, प्रक्रियागत स्थिति र परिमाणात्मक स्थिति गरी ३ तहका सूचकका आधारमा स्वमूल्यांकन हुन्छ ।

संघीय मामिला मन्त्रालय अनुसार संस्थागत सवल पक्ष थाहा पाएर सुदृढ गर्न तथा दुर्वल पक्ष थाहा पाएर सुधार गर्ने उद्देश्यले प्रणाली विकास गरिएको हो । ‘संस्थागत स्वमूल्यांकन’ रिपोर्टबाट आफैंले गरेको मूल्यांकनबाट आफूलाई कहाँ सच्याउनु पर्छ भन्ने ठाउँ थाहा हुने महानगरको भनाइ छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top