२१ वर्षमै न्युजिल्याण्डकी सांसद, संसदमा हाका प्रदर्शन, भिडियो भयो भाइरल

४ माघ ,एजेन्सी ।

न्युजिल्याण्डकी सबैभन्दा कान्छी सांसद हाना राही तेई माइपी क्लाक संसदमा आफ्नो प्रदर्शनका कारण यतिबेला चर्चामा छिन्। हाका हाका एउटा युद्ध गीत हो जसलाई पूर्ण शक्ति र भावनाका साथ प्रस्तुत गरिएको छ। न्युजिल्यान्डका रग्बी खेलाडीहरूले आफ्नो खेलमा आफ्नो माओरी प्रदर्शन गर्नुअघि संसारभर चिनिएको छ ।

अहिले संसारभर सामाजिक सञ्जालमा यो भिडियो भाइरल भएको छ । यसमा एउटी युवती संसदमा उभिएर कराइरहेको देखिएकी छिन् । भिडियोमा हेर्दा उनी कराइरहेको देखिएपनि यो उनको मातृभाषा हो । यी युवतीको नाम हाना राही तेई माइपी क्लाक हो । जो न्युजिल्यान्डकी कान्छी सांसद हुन्।

Advertisement

उनी २१ वर्षकी मात्रै छिन् र उनी न्युजिल्यान्डका मूल बासिन्दाहरूमध्ये एक माओरी समुदायकी हुन् । उनी न्युजिल्याण्डको आओ तेरावाबाट निर्वाचित भएपछि गत वर्ष अक्टोबरमा सांसद बनेकी थिइन्। उनी अर्की महिला नेतृ नाना इया महतालाई पराजित गर्दै निर्वाचित भएकी थिइन ।

नाना इया सन् २००८ देखि सो क्षेत्रमा विजयी हुँदै आएकी थिइन । नाना इया सन् १९९६ देखि सांसद थिइन । सामाजिक सञ्जालमा भाइरल बनेको हानाको भाषण डिसेम्बर २०२३ को हो । हाना आफ्नो भाषणमा आफ्ना मतदाताहरूलाई सम्बोधन गर्दैछिन् र उनी भन्छिन् म मेरो जीवन दिन्छु। तिम्रो लागि तर म पनि बाँचिरहनेछु।

संसदमा आउनुअघि मलाई व्यक्तिगत रूपमा केही नलिनु भनियो तर यो सदनमा भनेका सबै कुरा व्यक्तिगत रूपमा लिन्छु । हानाले आफ्नो सहरमा माओरी समुदायको ख्याल राख्नुबाहेक केही गर्न नसक्ने बताउँछिन् । उनी बालबालिकाका लागि बाल उद्यान पनि चलाउछिन्।

उनी आफूलाई राजनीतिज्ञ नभई माओरी भाषाको संरक्षक मान्छिन्। उनको अभिब्यक्तिपछि सभामुखसहित पूरै सांसदहरुले उनको सम्बोधनको सरहाना गर्दै उठेर तालीले स्वागत गरेका थिए । हानाले आफ्नो पुर्खा रेमु काटानेबाट राजनीति विरासतमा पाएकी थिइन्। सन् १८७२–१९७२ मा माओरीको संसदमा दिएको भाषणका कारण उनले पनि चर्चा कमाएका थिए ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top