×

NEPAL TIMES UPDATES

Playing
बालेनका लागि रास्वपाले विधान नै फेर्ने, के छ अवरोध ? || Nepal Times
Mar 13, 2026
Playing
लौरो टेकेका बालेनको घण्टी बजाउँदै सिंहदरबार यात्राःआशाको अग्निप रीक्षा|| Nepal Times
Mar 13, 2026
Playing
इरानले दियो जवाफ, अमेरिकी यूएसएस अब्राहम लिंकनमाथि ह म ला || Nepal Times
Mar 13, 2026
Playing
Top 15 Afternoon News || March-13-2026 || Nepal Times
Mar 13, 2026
Playing
कति सुरक्षित छन् विदेशमा नेपाली श्रमिक?|| Nepal Times
Mar 13, 2026
Playing
खाने तेल लिटरको ५० रुपैयाँसम्म महँगियो|| Nepal Times
Mar 13, 2026
Playing
कुमार पौडेल ‘इ न्काउ ण्टर’प्रकरणः सीडीओसहित १० जनाविरुद्ध अनुशन्धान हुने || Nepal Times
Mar 13, 2026
Playing
इरान युद्धमा एक्लियो अमेरिका,यूएईलेपनि जमिन प्रयोग गर्न नदिने|| Nepal Times
Mar 13, 2026
Playing
इरानी सर्वाेच्च नेताले जारी गरे अमेरिका हल्लाउने सन्देश, दुबई, कुबेतमा आ क्रमण|| Nepal Times
Mar 13, 2026
Playing
Balen को क्याबिनेटमा को कुन मन्त्रालयका आकांक्षी ?|| Nepal Times
Mar 13, 2026

देव गुरुङले राहतमा गरे भ्रष्टचार ? कार्यकर्ताले लगाए आरोप

७ माघ २०८०

७ माघ,काठमाण्डौ ।
नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङलाई पार्टीभित्रैबाट भ्रष्टाचारको आरोप लागेको छ । उनीमाथि कर्णालीका भूकम्पपीडितका लागि चीन सरकारले सहयोग गरेको राहत सामग्रीमा हिनामिना गरेको आरोप लागेको हो । यस्तो आरोप अरु कसैले नभएर माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य गोरखबहादुर केसीले लगाएका हुन् ।

उनले महासचिवले शक्तिको दुरुपयोग गरी आफन्तको संस्थामार्फत राहत सामग्रीमा अनियमितता गरेको आरोप मात्र लगाएका छैनन् यस विषयमा सरकारले छानबिन गर्नुपर्ने मागसमेत गरेका छन् । राहत वितरणको नेतृत्व गरेर रुकुम पश्चिम र जाजरकोट पुगेकी चिनियाँ महिलामाथि हातपात गरेको भन्दै पार्टीले केसीमाथि स्पष्टीकरण सोध्दै कारबाही प्रक्रिया अघि बढाएपछि पार्टीले सोधेको स्पष्टीकरणमा जवाफ दिँदै केसीले महासचिव गुरुङ आफ्ना नातेदार मुक्ति मरासिनीसँग मिलेर भ्रष्टाचारको हिस्सेदार रहेको भन्दै छानबिनका लागि पार्टी र सरकारलाई आग्रह गरेका हुन् ।

पार्टीको पुस २८ गतेको स्थायी समिति बैठकले वैकल्पिक केन्द्रीय सदस्य केसीलाई स्पष्टीकरण सोध्दै कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो । केसीले ६ पृष्ठको स्पष्टीकरण दिँदै महासचिवमाथि भ्रष्टाचारको गम्भीर आरोप लगाउँदै अनुसन्धानको माग गरेका हुन् ।

‘ग्लोबल कर्पोरेसन फर डेभलभमेन्टका कन्ट्री डाइरेक्टर मुक्ति मरासिनी देव गुरुङको सहोदर भदैनीको श्रीमान् हुन् र यी एकाघरका नातेदार तथा देव गुरुङले नै भनसुन गरी चिनियाँहरूको प्रोजेक्ट मरासिनीको संस्थालाई दिलाएको तथा यसको भ्रष्टाचारबाट हुने आम्दानीमा यी दुवै हिस्सेदार रहेको बारेमा पार्टी र सरकारले गम्भीरतापूर्वक छानबिन गरोस्, केसीले दिएको स्पष्टीकरणमा उल्लेख छ ।’ आफूले राहत वितरणमा अनियमितता भएको कुरा उठाएपछि आफूमाथि प्रहार भएको उनको आरोप छ ।

‘एक परिवारलाई ४० हजारका दरले सामान दिने भनिएको थियो, पछि देव गुरुङले नै रुकुम पश्चिम पुगेर प्रतिपरिवार २३ हजार हाराहारीको राहत छ भन्नुभएको थियो, तर तल वितरण गरिएको सामान हेर्दा १० हजारको पनि देखिन्न, माधव नेपालले रुकुम पश्चिम पुगेर राहतमा सोलारसमेत रहेको भन्नुभएको थियो, त्यो पनि दिइएको छैन, ७५ प्रतिशत ठूला र बाँकी रहेको २५ प्रतिशत पनि तलकाले खाएका छन्, आठबिसकोटमा भूकम्प प्रभावितले केही पनि पाएनन्, यही विषयमा प्रश्न गर्दा मलाई कारबाही गर्न खोजियो उनले भनेका छन्।’

नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश अध्यक्ष विमला केसी पनि आफूविरुद्ध लागेको केसीको आरोप छ । आठबिसकोट नगरपालिकाका लागि भनिएको दुई सय पिस राहत प्याकेज अध्यक्ष केसीले लुटेर सानीभेरीमा लिएको केसीले आरोप लगाएका छन । आफूले राहत प्याकेजको गुणस्तरीयता र मात्रामा प्रश्न उठाएपछि चिनियाँ महिलासँग जाजरकोटको रिम्नामा रहेको आफ्नो घरमा सामान्य विवाद भएको र पछि उक्त महिलाले नै आफूमाथि दुर्व्यवहार गर्न खोजेपछि घटना घटेको स्पष्ट पारेका छन् ।

चिनियाँ महिलाले यस्ता मान्छेलाई किन भोट हालेको ? अबदेखि यसलाई भोट नहाल्नु भनेपछि आफ्नो संस्थामा काम गर्ने मान्छेले एक थप्पड हानेको र थप्पड प्रहार भएपछि मात्र आफूले थाहा पाएको भन्दै यसमा आफ्नो कुनै निर्देशन नरहेको केसीले स्पष्टीकरण दिएका छन् । जाजरकोट र रुकुमपश्चिममा भूकम्प प्रभावितलाई वितरणका लागि राहत सामग्री लिएर पुगेको चिनियाँ संस्था ‘चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट’ की मुख्य निर्देशक सोउ सिच्याङमाथि गत २० मंसिरमा जाजरकोटको भेरी नगरपालिकाको रिम्नामा हातपात भएको थियो ।

भूकम्प गएको तीन दिनपछि माओवादी केन्द्रका महासचिव गुरुङ चिनियाँ संस्थाकी निर्देशक सोउ नेतृत्वको टोलीसँगै राहत सामग्री लिएर जाजरकोट र रुकुमपश्चिम पुगेका थिए । ललितपुरको बखुण्डोलमा कार्यालय रहेको ‘चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट’ले राहत सामग्रीका लागि प्रत्यक्ष सहयोग गरेको थियो । केसीले महासचिव गुरुङका नातेदार भनेर दावी गरेका मरासिनीको ‘ग्लोबल कोअपरेसन फर डेभलपमेन्ट’ नामक संस्थाले उक्त राहत सामग्री वितरणको जिम्मा लिएको थियो ।

उक्त राहत सामग्री जाजरकोटको भेरी नगरपालिका– १ रिम्नास्थित केसीकै घरमा थन्क्याइएको थियो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तोष रोकाका अनुसार राहत सामग्री वितरण गर्न पुगेकी चिनियाँ संस्थाकी मुख्य निर्देशक सोउ स्टोर गरिएको स्थानमा सामग्रीको अनुगमनमा गएका बेलामा हातपात भएको थियो । हातपातको घटनामा चिनियाँ टोलीले अमर खत्री, मुकेश रावल र गोर्ख बहादुर केसीविरुद्ध उजुरी दिएको थियो ।

उनीहरुमध्ये अमर खत्रीलाई जिल्ला प्रशासन कार्यालयले ५ हजार धरौटीमा छाड्न आदेश दियो भने रावल र माओवादी नेता केसी अहिलेसम्म फरार रहेको प्रहरीले जनाएको छ । माओवादी केन्द्रको गत २८ पुसमा बसेको स्थायी समिति बैठकले घटनाबारे केसीसँग स्पष्टीकरण माग गरी आवश्यक कारवाहीको निर्णय गरेको थियो ।

सोही स्पष्टीकरण लेख्दै केसीले महासचिव गुरुङमाथि भ्रष्टाचारको आरोप लगाएका हुन् । साथै, राहतका प्याकेज मुख्य चारवटा पार्टी कांग्रेस, एमाले, माओवादी र एकीकृत समाजवादीलाई ५०० वटाका दरले वितरण गर्ने भनी भागबण्डा गरेको र त्यसमा जथाभावी भर्पाइ बनाइ राहत वितरण गरिएको आरोप उनले लगाएका छन् ।

केसीले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले दिएको जानकारीअनुसार ५० लाख युआनको सहयोग नेपाली रुपैयाँ ९ करोड २० लाख बराबरको हुने र त्यसलाई चारवटा राजनीतिक दलबीच भागबण्डा गर्दा प्रतिपरिवार चालिस हजार रुपैयाँको प्याकेज हुनुपर्नेमा १० हजार मूल्य बराबरको राहत पनि नपुगेको उल्लेख गरेका छन् । महासचिव गुरुङले सोही दिन बिहान त्यसबाट पनि घटाएर २३ हजारको प्याकेज हुने बताएको उनको भनाइ छ ।

भर्खरको समाचार

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top