Nepal Times
Nepal Times
3
Shares

मेनुका पौडेल इन्डियन आइडलको टप १०मा

मेनुका पौडेल इन्डियन आइडलको टप १०मा

८ माघ,काठमाण्डौ ।
नेपाली गायिका मेनुका पौडेल इन्डियन आइडलको टप १० मा प्रवेश गरेकी छन् । गएराति प्रशारण भएको श्रृंखलाबाट उनी इन्डियन आइडलको १४ औं संस्करणको टप १० मा प्रवेश गरेकी हुन् । गएराति उनले आफ्नो कम्फर्ट जोनबाट बाहिर गएर फास्ट बिटको गीत गाएकी थिइन् ।

जसको निर्णायकहरूले खुलेर प्रशंसा गरेका थिए । मेनुकाको गायिकीको भारतमा प्रशंसा भइरहेको छ । भोटका आधारमा प्रतिस्पर्धीहरू अगाडि बढ्ने वा शोज छोडेर फर्किने निर्णय हुने गरेको छ । भारतीय दिग्गज गायकगायिका तथा अभिनेताहरूले उनको गायकीको तारिफ गरिरहेका छन् ।

मेनुकाले केही समय अगाडि रिलिज भएको चलचित्र ‘सलार’मा गीत गाउने अवसर पाएकी थिइन् । आइतबार प्रसारित एपिसोडमा पियुष, अन्जना र मुस्कान बटन थ्रीमा परे । जसमध्ये मुस्कान टप ११ बाट बाहिरिएकी थिइन् । पौडेल अडिसन चरणबाट धेरैको मन जितेर चर्चित भएकी हुन् ।

उनको प्रस्तुतिबाट निर्णायकहरूले मञ्चमै आँशु झारेका थिए । उनले ‘तुम्हारे बिना हमारे कोनो नही’ बोलको शास्त्रीय भजन गाउँदा गोल्डेन माइकसमेत जितेकी थिइन् । नेपाल आइडलबाट नेपालभरी चर्चामा छाएकी मेनुकाले भारतीय अर्काे चर्चित रियालिटी शो सारेगमपमा समेत भाग लिएकी थिइन । मेनुका जन्मजात नै दृष्टिविहीन रहेकी छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.