म्यानमारको सैनिक विमान भारतमा दुर्घटना

९ माघ,एजेन्सी ।
म्यानमारको एक सैनिक विमान भारतको मिजोरममा दुर्घटना भएको छ । मिजोरमको लेंगपुई विमानस्थलमा अवतरण गर्ने क्रममा उक्त विमान चिप्लिएर दुर्घटना भएको थियो । घटनामा कम्तिमा ८ जना घाइते भएका छन् । विमानमा क्रु मेम्बरसहित १४ यात्रु सवार रहेको भारतीय सञ्चारमाध्यहरूले उल्लेख गरेका छन् ।

आफ्ना सैनिक फिर्ता लैजान उक्त विमान मिजोरम आएको बताइएको छ । विद्रोहीको आक्रमणबाट बच्नका लागि गत १७ जनवरीमा म्यानमारका २७६ सैनिक भारतभित्र प्रवेश गरेका थिए । उनीहरू भारत प्रवेश गरी असम राइफल्ससँग शरण मागेको मिजोरम प्रहरीले जानकारी दिएको छ ।

तीमध्ये १८४ जनालाई सोमबार म्यानमार फर्काइएको थियो । बाँकी ९२ जनालाई आज फिर्ता लैजाने तयारी थियो । सोहीक्रममा विमान दुर्घटनामा परेको हो । यसअघि थाइल्याण्डबाट उडेको भारतकै गयाबाट इन्धन भरेर मस्कोका लागि उडेको एयर एम्बुलेन्स अफगानिस्तानमा दुर्घटनाग्रस्त भएको थियो ।

६ जना सवार सो विमान दुर्घटनाबाट चार जनाको जिवितै उद्यार गरिएको थियो । अन्य दुई जनाको अवस्था भने अज्ञात रहेको छ । यसअघि म्यानमारका सैनिक भारत प्रवेश गरेपछि भारतीय गृहमन्त्री अमित शाहले म्यानमारको सीमामा तारबार लगाउने बताएका थिए ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top