×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

रविले दिए देश बनाउने शुत्र, ८४मा हाइज्याकरलाई हराउनै पर्ने

११ माघ २०८०

११ माघ ,काठमाडौं ।

सहकारी र ग्यालेक्सी टेलिभिजनको शेयर प्रकरणमा विभिन्न प्रश्नको घेरा भित्र रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देश बनाउनका लागि व्यवस्थाका केही हाइज्याकरहरूलाई हराउने आँट गर्नुपर्ने बताएका छन् । संविधानले परिकल्पना गरेको समाजका लागि, आवश्यक कानून बनाउन सिङ्गो संसदले सर्वदलीय प्रतिवद्धता गरेको दिन देश सुमार्गमा हिँड्न शुरू हुने उनको भनाइ छ ।

Advertisement
Advertisement

उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘राज्यका निकायहरूलाई स्वतन्त्रतापूर्वक काम गर्न दिने सर्वदलीय सहमति गरेको दिनदेखि देश बन्न शुरू हुन्छ । संविधानले परिकल्पना गरेको समाजका लागि, आवश्यक कानून बनाउन सिङ्गो संसदले सर्वदलीय प्रतिवद्धता गरेको दिन देश सुमार्गमा हिँड्न शुरू हुन्छ ।

त्यसपछि मिडिया÷सोसल मिडियामा कसैलाई फसाउन वा बचाउन कोही दिनरात नाङ्गो भइरहनु पर्दैन । आफूमाथि प्रश्न उठ्दा आँखा जुधाएर सामना गर्ने हिम्मत आफै गरौं, तलबी सेना अफ बिटमा ननचाऔं । फेस गरौं, फेस नलुकाऔं ।’ उनले स्वाद र सुविधाअनुसार गलत ज्ञान पेलेको पेल्यै नगर्न आग्रह गर्दै देश बन्ने उल्लेख गरेका छन् ।

‘व्यवस्थाका केही हाइज्याकरहरूलाई चुनावबाट हराउन आँट गरेमात्र पुग्छ । नागरिकका अधिकार बीचमा बसेर लुट्ने र हाइज्याकरको रक्षाका लागि दिनरात खट्ने ८÷१० थान मतियार (न्यारेटिभ सेटर) हरूले लामो छुट्टी लिए, सामाजिक सञ्जालपनि अझ इन्ट्रेस्टिङ बन्थ्यो’ उनले भनेका छन्, ‘अन्त्यमा, देश बन्छ तर कहिले बन्छ त भन्दा, हाइज्याकरहरुको अन्त्य चुनावबाट गरेपछि मात्रै बन्छ । चुनाव कहिले ?? ८४ मा ।’

राष्ट्रिय सभाका १९ सदस्यका लागि आज मतदानको दिन रविले ८४ लाई जोडेर आइज्याकरहरुलाई हराउन आग्रह गरेका छन् । रवि पछिल्लो समय सहकारी र टेलिभिजनको शेयर प्रकरणमा कम्पनी रजिष्ट्रार कार्यालयलाई झुक्याएको खुलेपछि प्रश्नको घेरामा छन् । उनीविरुद्ध सभामुख र राज्यव्यवस्था समिति सहित सहकारी विभागमा समेत उजुरी परेको छ ।

Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top