×

NEPAL TIMES UPDATES

Playing
विपक्षीले गरे जवरजस्तीको संसद् अवरोध, नियमावलीमा छैन् व्यवस्था|| Nepal Times
May 13, 2026
Playing
संसद्मा पुग्यो न्यायालयको विषय || Nepal Times
May 13, 2026
Playing
ओडीआई ब्याटिङ वरियताको शीर्ष १०० मा आसिफ र दीपेन्द्रको प्रवेश|| Nepal Times
May 13, 2026
Playing
ट्रम्प ८ वर्षपछि चीनमा उत्रिदा जे देखियो, छोराबुहारीसहित १७ ब्यापारी|| Nepal Times
May 13, 2026
Playing
आफ्नै कारण संसद्मा हंगामा हुँदा प्रधानमन्त्री बालेन कहाँ थिए ?|| Nepal Times
May 13, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-30-2083 || Nepal Times
May 13, 2026
Playing
इरानका धेरै मिसाइल लन्च साइट सुरक्षित, अमेरिकी १३ हजार अट्याक फेल || Nepal Times
May 13, 2026
Playing
सेनासँग किन टक्कर लिदैछन् बादल ? || Nepal Times
May 13, 2026
Playing
Americaले ४ लक्ष्मणरेखा नाघ्न नहुने, ट्रम्प–सी भेट अघि जी२को चर्चा || Nepal Times
May 13, 2026
Playing
रास्वपाले जेठ १० गतेसम्म विधान लेख्ने, महाधिवेशनमा २५ सय सहभागी हुने || Nepal Times
May 13, 2026

इजरेलविरुद्धको मुद्यामा भोलि फैसला

११ माघ २०८०

११ माघ,विराटनगर ।

गएको ७ अक्टुबर यता इजरायल र हमासबीचको युद्ध जारी रहँदा यसबीच अन्तर्राष्ट्रिय न्यायलयले एक महत्वपूर्ण घोषणा गरेको छ । अदालतले भोली शुक्रबार दक्षिण अफ्रिकाले इजरायलमाथि लगाएको आरोपमाथि फैसला सुनाउने बताएको छ ।

Advertisement
Advertisement

दक्षिण अफ्रिकाले इजरायलविरुद्ध गाजामा नरसंहार गरेको आरोप लगाउँदै अन्तर्राष्ट्रिय अदालतमा मुद्या दायर गरेको छ । दक्षिण अफ्रिकाले अदालतसंग छिटोभन्दा छिटो गाजामा इजरायली सैन्य अभियानलाई रोक्ने आदेश दिन माग गरेको छ ।

अन्तर्राष्ट्रिय अदालत आईसीजेले भने बुधवार नै एक बयान जारी गरेको थियो । सो बयानमा अदालतले भनेको छ कि शुक्रवार दिउँसो एक बजे हेगको पिस प्यालेसमा एक सार्वजनिक बैठक आयोजना हुनेछ ।

सो बैठकमा न्यायाधीश जोन ई. डोनोग्यूले अदालतको फैसला पढेर सुनाउने छन् । अर्थात शुक्रबार २६ जनवरीका दिन हेगस्थित अदालतले गाजामा इजरायलको कथित नरसंहार रोक्नेबारे आफ्नो फैसला सुनाउने छ ।

यसअघि सुनुवाइका क्रममा अन्तर्राष्ट्रिय अदालतमा गएको १३ हप्ताका सबै प्रमाणहरु पेश गरिएको दक्षिण अफ्रिकाका वकिल अदिला हासिमले भनेका छन् । उनले गाजाका मानिसहरु पीडित रहेको भन्दै बहस गरेका थिए ।

उनी भन्छन्, गाजाका मानिसहरुको पीडा अदालतको आदेशले मात्रै रोक्न सक्छ । सुनुवाइका क्रममा इजारयली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले भने एक भिडियोका माध्यमबाट आफ्नो भनाइ राखेका थिए । सो भिडियोमा उनले भनेका थिए, कि यो एक उल्टो संसार हो ।

उनी भन्छन्, इजरायलमाथि नरसंहारको आरोप लगाइएको छ । तर सत्य के हो भने इजारलले नरसंहारसंग लडिरहेको छ । नेतान्याहू भिडियोमा भन्छन्, दक्षिण अफ्रिकाको पाखण्ड आकाशसम्मै चिच्याएको सुनिन्छ ।

यस्तै इजरायली विदेश मन्त्रालयका प्रवक्ता लियोर हयातले पनि ट्वीटमा लेखेका छन्, दक्षिण अफ्रिकाद्वारा अदालतमा पेश गरिएको मामिला सबैभन्दा ठूलो पाखण्ड हो । अदालतमा अफ्रिकाको कानूनी टोलीले हमास प्रतिनिधिका रूपमा काम गरिरहेको छ ।

दक्षिण अफ्रिकाबा सबै दाबी निराधार र गलत हुन्, इजरायली प्रवक्ताले सामाजिक संजालमा लेखेका छन् ।अन्तर्राष्ट्रिय अदालत दुई देशबीच जारी विवाद समाधानका लागि एक स्थल हो । यो अदालत युरोपेली शहर हेगमा रहेको छ ।

आईसीजेलाई संयुक्त राष्ट्रको सर्वोच्च न्यायालय मानिन्छ । यद्यपी देशहरुले यो अदालतको आदेश मान्छन नै भन्ने छैन । कयौं पटक देशहरुले अदालतको फैसलालाई वेवास्था गरेका छन् । यसअघि यो अदालतले रुसलाई पनि युक्रेनमा जारी आफ्नो सैन्य अभियान तुरुन्तै बन्द गर्न आदेश दिएको थियो ।

तर रुसले मानेन र अहिले झनै आक्रामक ढंगले युद्ध जारी छ । जे होस् शुक्रबार हेग अदालतले इजरायलविरुद्ध लागेको आरोपमाथि फैसला सुनाउदैछ । तर इजरायलले पनि रुसकै जस्तो बाटो समाउने निश्चितप्राय नै रहेको देखिन्छ । यसबीच हमासलाई लिएर इजरायलले एउटा ठूलो दाबी गरेको छ।

गाजामा युद्ध सुरु भएयता हमासलाई प्राप्त हुने डोनेशन कयौं गुणाले बृद्धि भएको इजरायलले दाबी गरेको छ । इजरायली अधिकारीहरुका अनुसार हमासलाई सो सहयोग रकम अनलाइनमार्फत आउने गरेको छ ।

र ति रकमहरु गाजाका नागरिकहरुलाई सहयोग गर्न दान दिने संगठनहरुबाट आइरहेको पनि उसको दाबी छ । इजरायलले हमासले हर महिना ८० लाखदेखि १.२ करोड डलर सम्म पाइरहेको पनि बताएको छ ।

इजरायली गुप्तचर अधिकारीहरुले ब्लूमबर्गलाई बताएअनुसार अनलाइन डोनेशन चलाउने साइटहरुले हमासलाई बेस्सरी पैसा खन्याइरहेका छन् । अधिकारीहरु यो कुरा अमेरिकालाई पनि थाहा भएको जनाएका छन् । यो कुरा इजरायलका लागि ठूलै चुनौती पनि बनिरहेको छ ।

यसैबीच यता इजारयल र हमासको युद्धका कारण समुन्द्रि आक्रमणहरुमा पनि बृद्धि भइरहेको छ । पछिल्लो पटक फेरि अदनको खाडीमा एक जहाजमा हमला भएको छ । सो जहाज अमेरिकाको रहेको खुलेको छ ।

अमेरिकी जहाजमा हूथी समूहले तीन एंटी–शिप ब्यालेस्टिक मिसाइहरु हानेको बताइएको छ । यसअघि पनि हुथीले अमेरिकी जहाजहरुलाई निशाना बनाएका थिए, जसको जवाफमा अमेरिकाले हुथी विद्रोहीको कयौं ठेगानाहरु उडाइदिएको थियो ।

हुथीका महत्वपूर्ण पूर्वाधार, उसका अन्डरग्राउन्ड हतियार भण्डार पनि ध्वस्त बनाएको थियो । यसको बाबजुद अमेरिकी जहाजमाथि हुथीले फेरी आक्रमण गरेको हो । यूएस सेंट्रल कमांडले एक्समा एउटा पोस्ट गर्दै यसबारे जानकारी दिएको छ ।

यसअघि व्हाइट हाउसका अधिकारी, जोन किर्बीले भनेको थिए, यदी विद्रोही समूहले थप हमला गरे अमेरिका त्यसको जवाफ दिन तयार छ । किर्बीले मंगलवार मात्रै एक प्रेस कन्फ्रेंस आयोजना गर्दै भनेका थिए, हामीलाई थाहा छ कि हुथीसंग अझै पनि सैन्य शक्ति छ ।

उनले हुथी समूहलाई चेतावनी दिदै भनेका थिए कि सो शक्तिलाई उनीहरुले कसरी प्रयोग गर्ने भन्ने कुरा अब तय गर्नुपर्छ । यदी उनीहरुले आक्रमण जारी राख्छन् भने हामीले पनि त्यसको कडा जवाफ दिनेछौ ।

यसअघि हुथीका सैन्य प्रवक्ता ब्रिगेडियर जनरल याह्याले पनि अमेरिकालाई यस्तै चेतावनी दिएका थिए । इजरायलले गाजा युद्धलाई लिएर हेगमा जवाफ दिनुपर्दा यता हुथी र अमेरिकाबीच समुन्द्रमा चर्किन थालेको आक्रमणबारे तपाइँका टिप्पणी के छन्, अवस्य ब्यक्त गर्नुहोला ।

Advertisement

ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Advertisement

भर्खरको समाचार

विद्यालयमा लाग्यो नयाँ नियम, बिदा घट्यो, खाजा र प्रार्थना समय नयाँ

Sikshya mantralaya

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

क्यालिफोर्नियाकी मेयर नै चिनियाँ एजेन्ट, आफैले गरिन् स्वीकार

ZYbBf806FnigaeMXWRonMccO6UZ2ukc8gLuQiCuWk3F0R91fnD0P28Konn655g_I21_iIgCqCl9WNCZkNv1et94VK7RcBLXQjSF5rvK6C4vlPbZuRd9Hn-EvpcP-kDpamWP6Q0k2guJMscea44meh8a0ARTg2zu-n8isdVKQ66CUR9Dq57zy45jSZdEg5n9W

संसद्मा दुई तिहाइ नजिकको सरकारमाथि विपक्षी भारी

0a282586-2f03-4924-a629-bd67ca872b11

शिक्षा क्षेत्रमा बालेन–सस्मित ’म्याजिक’: तोडियो रेकर्ड

Exam-Board

प्रधानमन्त्री बालेनको पोसाक र मर्यादाःसमाचार टिप्पणी

677108931_958688953417789_3450960544499223528_n

हाल कस्तो छ मुलुकको अर्थतन्त्र?

????????????????????????????????????

आज अधिकांश स्थानमा वर्षा जारी

mausam-2075-12-18-768x388

संसद्मा बालेनको Walkout कि रामचन्द्रको Knockout ?

698876326_975596528393698_4871626423866380974_n

कर घट्ने, कमाइ बढ्ने? सरकारको नयाँ गेमप्लान, घर बसेरै ‘डलर कमाउने’

nepali paisa

सम्बन्धित खबरहरु

Scroll to Top