एउटा ह्यान्ड ब्यागका कारण हल्लियो कोरियन सरकार

११ माघ, एजेन्सी ।
सार्वजनिक पदमा वस्ने खासगरी राजनीतिक नेता पत्नी र परिवारका सदस्यहरुको लाखौ मूल्यपर्ने पोशाकका कारण नेताहरुको सादगी जीवनमा अनेकन प्रश्नहरु उठ्ने गर्दछन् । बेला बेलामा नेपालका नेता र तिनका परिवारपनि यस्तै विषयमा जोडिने गरेका छन् ।

पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खान तथा उनकी पत्नी पनि यस्तै विलासी वस्तुको उपहार प्रकरणमा फसेका छन् । अहिले दक्षिण कोरियाकी प्रथम महिला किम क्युन हीले २२ सय डलरको एउटा विलासी ब्याग उपहार लिएको विषयले सत्तारुढ दलमा नै संकट पैदा भएको छ।

गत वर्षको अन्त्यमा उनले एक पास्टरबाट क्रिस्टियन डिओ ब्रान्डको ब्याग लिँदै गरेको भिडिओ सार्वजनिक भएको थियो। यो काण्डका कारण आउँदो अप्रिलमा हुने चुनावमा राष्ट्रपति युन सुक योलको पार्टीले हार्न सक्ने विश्लेषण हुन थालेका छन्।

विपक्षीले यसैलाई मुद्दा बनाएर राष्ट्रपति युनमाथि आक्रमण गरिरहेको छ। मतदाताहरु यसको जवाफ खोजिरहेका छन्। कोरियाको संसदीय चुनावभन्दा तीन महिनाअघि उठेको यो विवादले सो पार्टीलाई क्षति गर्ने बताइएको छ।

यो घटनाले पार्टीमा आन्तरिक विवाद समेत भएको छ। दक्षिण कोरियाको कानुनले सार्वजनिक पदमा रहेका व्यक्ति र तिनको जोडीले एक पटकमा १० लाख वन र वर्षभरिमा ३० लाख वनभन्दा ज्यादाको उपहार लिन मनाही गरेको छ।

कोरियाली–अमेरिकी पादरी चोई जे–यंगले गोप्य रूपमा शूट गरिएको भिडियो, पहिलो पटक नोभेम्बरमा भ्वाइस अफ सियोल न्यूजले पोस्ट गरेको थियो। फुटेजमा चोई क्यामेराको पछाडि क्रिस्चियन डायर स्टोरमा ह्यान्डब्याग किन्नको लागि हिंडिरहेको देखाइएको छ ।

जसको रसिदहरूले ३ मिलियन वन खर्च गरेको देखाउँछ। भिडियोमा किमले कोरियाली भाषामा जवाफ दिएको सुनिन्छ, “यसो नगर्नुहोस्,“ र “यस्तो महँगो चीज कहिल्यै नकिन्नुहोस्।“ प्रथम महिला किम यसअघि पनि पटक पटक विवादमा पर्दै आएकी छन् ।

युन राष्ट्रपति हुनु अघि नै किमले आफ्नो रिजुमेमा आफ्नो प्रमाणहरू स्वइच्छाले बढाएकोमा सार्वजनिक माफी मागेकी थिइन । किमले उनको विश्वविद्यालयमा रहँदा उनको डक्टरेट शोध प्रबंध र अन्य शैक्षिक प्रकाशनहरू चोरी गरेको आरोप समेत लागेको थियो ।

यस्तै किमले पहिले पनि कर छलीको आरोपको सामना गर्नु परेको थियो । अदालतले उनको र उनको आमाको खाताहरू ड्यूश मोटर्सको स्टक मूल्य हेरफेर घोटालामा प्रयोग भएको फैसला सुनाएको थियो ।

यसै महिनाको सुरुमा युनले कोरियाली राष्ट्रिय सभालाई स्टक बजार हेरफेरमा फर्स्ट लेडीको कथित संलग्नताको बारेमा छानबिन गर्न अनुमति दिने बिलमा भिटो गरेका थिए ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top