×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

पूर्वराजालाई तर्साउदै प्रचण्ड ,दरबार हत्याकाण्डको छानविन हुने !

१६ माघ २०८०

१६ माघ ,काठमाडौं ।

केही समययता देशका विभिन्न भागमा पुगी नागरिक अभिनन्नदनसहित सार्वसाधारणसँग पूर्वराजा ज्ञानेन्द्र शाह सक्रिय रहिरहेका बेला स्वयम पूर्वराजाले नै दुई दिन स्मरण गरेको दरबार हत्याकाण्डको छानविन गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले घोषणा गरेका छन् ।

Advertisement
Advertisement

सोमबार दिउँसो बाराको सिमरा विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्रीले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानविन हुने बताएका हुन् । प्रधानमन्त्रीले पूर्वराजाप्रति लक्षित गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रले सबैलाई स्वतन्त्रतापूर्वक अधिकार दिए पनि व्यवस्थाका विरूद्ध उभिने र षड्यन्त्रूर्ण गतिविधि गर्ने अधिकार कसैलाई नभएको स्पष्ट पारे ।

प्रेस सेन्टर नेपालकोे २० औं स्थापना दिवस तथा राष्ट्रिय परिषद्को बैठकमा सहभागी हुन सोमबार प्रचण्ड वीरगन्ज पुगेका थिए । त्यसपछि उनी बारा र पर्सा जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरूसँगको छलफलमा सहभागी भएका थिए भने बाराको जीतपुरसिमरा उपमहानगर पालिकास्थित विशेष आर्थिक क्षेत्र (सेज)को अवलोकनमा पनि पुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसअघि आइतबार मात्रै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ज्ञानेन्द्र शाह कुशको मात्र राजा रहेको टिप्पणी गरेका थिए। ‘ज्ञानेन्द्र शाह भनेको राजा होइन। बाहुनले बाहुन भनेर एउटा टपरीमा चामलमाथि कुशको बाहुन राख्छ, त्यस्तै यी कुशका राजा हुन्,’ आइतबार काठमाडौंमा पत्रकारहरूसँगको कुराकानीमा अध्यक्ष ओलीले भने, ‘अब यस्ता कुरामा के बहस गरिरहने बेकार।’ दरबार हत्याकाण्डबारे त्यसैबेला छानबिन गरिएको उनले बताएका थिए ।

‘त्यसबेला पनि छानबिन गरिएको हो। तर राष्ट्रिय, अन्तर्राष्ट्रिय परिस्थिति यस्तो रह्यो– त्यसबेलाका हाम्रा महासचिव माधवकुमार नेपाल उहाँ आफैं छानबिन समितिमा बस्नुभएको थियो, यो ड्रामामा सामेल नहोऊ भनेर हामीले फिर्ता ग¥यौं,’ ओलीले भनेका छन् । ओलीले तत्कालीन दरबार हत्याकाण्ड दिपेन्द्रले गरेको भन्ने आरोप वाहियात भएको जिकिर गरेका छन् ।

ओली आइतबार आफूले अभिनय गर्ने फिल्म ‘नमेटिने घाउ’ को पत्रकार सम्मेलनमा उनले त्यस्तो कुराको पछि दौडिन नहुने बताए । “यहाँ हत्याकाण्डा भइसक्दा दुनियाँभरी दिपेन्द्रको प्रेम कहानी भनेर… । दिपेन्द्रले हत्याकाण्ड गर्यो भनेर यस्ता बाहियात कुराका पछाडि पनि नेपाली जनता कुद्नुहुन्छ ?,” उनले प्रश्न गरेका छन् ।

शनिबार मात्रै पूूर्वराजा ज्ञानेन्द्र शाहले २०५८ जेठ १९ गते नारायणहिटी दरबारमा भएको हत्याकाण्डमा आफूलाई जोडेर नकारात्मक प्रचार गरिएको आरोप लगाएका छन् । वीरगञ्जमा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा शाहले दरबार हत्याकाण्डबारे जनतामा भ्रम फैलाएर नकारात्मक भावना फैलाउने काम भएको टिप्पणी गरे ।

उक्त घटनालाई लिएर आफ्नो परिवारप्रति घातक प्रहारहरु भएको उनको भनाइ थियो । ‘जेठ १९, २०५८ मा घटेको विनासकारी घटना जुन हामी र हाम्रो परिवारलाई कहालीलाग्दो र सम्झन मन नपराउने अवस्थालाई राजनीतिक जालझेल गरी धेरै नेपालीको मनमा भ्रमको बादल बनाई नकारात्मक भावना फैलाएका थियो,’ उनले भने, ‘हामी र हाम्रो परिवारलाई घातक प्रहारहरु पनि गरेका थिए । सत्य सधैं सत्य हुन्छ । असत्यको विजय कहिले हुँदैन । हाम्रो माझ प्रत्यक्षदर्शीहरु हुँदाहुँदै अज्ञानता र छलले अझ पनि हामी बहकिरहेका छौं। यो अन्यायपूर्ण मात्र होइन दुर्भाग्यपूर्ण पनि हो’ उनले भनेका छन् ।

२२ वर्षअघि २०५८ जेठ १९ गते मुलुकै सबैभन्दा सुरक्षित र बलिया अभिभावक भएको ठानिएको नारायणहिटी राजदरबार रगतको आहाल बनेको थियो । जसमा दीपेन्द्र जोडिएका त छन् तर आशंकाका प्रश्न पनि उब्जाइएका छन् । तत्कालीन राजपरिवार नै नामेट पारेको नरसंहार कोबाट भएको थियो भन्ने चित्तबुझ्दो निक्र्यौल अझै हुन सकेको छैन ।

Advertisement

तत्कालीन युवराज दीपेन्द्रले गोली चलाएको दावी गर्दै आए पनि जनताले पत्याइरहेका छैनन् । दरबारको शुक्रबारको पारिवारिक जमघटका बेला भएको घटनामा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्या, युवराज दीपेन्द्र,राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार धीरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ति, राजकुमारी शारदा, कुमार खड्गसहित अन्य राजपरिवारका सदस्यहरूको हत्या भएको थियो । राजपरिवार भित्रै १० जनाको हत्या भएको थियो भने अन्य केही घाईते भएका थिए ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top