Nepal Times
Nepal Times
3
Shares

सुदूरपश्चिमका मन्त्रीले नै ऋण लिएर तिरेनन्, माग्दा ज्यान मार्ने धम्की ?

सुदूरपश्चिमका मन्त्रीले नै ऋण लिएर तिरेनन्, माग्दा ज्यान मार्ने धम्की ?

१६ माघ ,काठमाडौं । 

सुदूरपश्चिमका सामाजिक विकासमन्त्री झपट साउदविरुद्ध प्रहरीमा उजुरी परेको छ । मन्त्री साउदले सापटी रकम माग्दा ज्यान मार्ने धम्की दिएको भन्दै बझाङका एकजनाले प्रहरीमा उजुरी दिएका छन् । बझाङको बुँगल नगरपालिका वडा नम्बर १ का धन बहादुर बोहराले मन्त्रीविरुद्ध उजुरी दिएका हुन् ।

मन्त्री साउदले विभिन्न मितिमा आफूलाई साह्रै समस्या छ भनी ऋण सापटी मागेको र उक्त रकम फिर्ता माग्दा ज्यान मार्ने धम्की दिएको उनको भनाइ छ । आफुले रामारोसन गाउपालिका–६ का विरबहादुर साउदको छोरा ४३ वर्षका झपटबहादुर साउदले विभिन्न मितिमा मलाई साह्रै समस्या छ भनि रुपैयाँ सापटी मागेको र उक्त रकम फिर्ता माग्दा ज्यान मार्ने धम्की दिएको उजुरीमा उल्लेख छ ।

धनबहादुरको उजुरी माघ १५ गते जिल्ला प्रहरी कार्यालय कैलालीमा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदिप चन्दले पनि उजुरी आएको पुष्टि गरेका छन् । ‘मन्त्रीज्यूविरुद्ध ज्यान मार्ने धम्की दिएको भन्दै उजुरी आएको छ । के भएको रहेछ, दुवै पक्ष बोलाउने तयारी भइरहेको छ,’चन्दले भने । यता मन्त्री साउदले भने लेनदेन पनि नभएको ज्यान मार्ने धम्की पनि नदिएको बताएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.