बीपीका उपकुलपतिमाथि कसले खन्यायो मोबिल ?

१६ माघ ,विराटनगर ।

पूर्वको प्रतिष्ठा बनेको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान राजनीतिक हस्तक्षेपसहित भ्रष्टाचार, विद्यार्थी, कर्मचारीको आन्दोलन सहितका विभिन्न घटनाका कारण विगत लामो समयदेखि अस्तब्यस्त रहदै आएको छ ।

बीपी प्रतिष्ठान बचाउँ अभियान र शिक्षक कर्मचारीको आन्दोलनकै बीच कायममुकायम उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीलाई कार्यकक्षमै आक्रमण प्रयास भएको छ ।

Advertisement

बिहान करिब साढे ११ बजे उपकुलपति कार्यालयमा भेट गर्न पुगेका ३ जना व्यक्तिहरुले डा.कार्कीलाई कार्यकक्षमै मोविलले छर्केर आक्रमण गरेका हुन्। युवाहरुले उपकुलपति कार्कीलाई मोविल प्रहार गरेपनी प्रहरीका सई कृष्ण भट्टराईले छेकेका थिए ।

जस्ले गर्दा मोविल उपकुलपतिलाई लाग्न पाएन । आक्रमण गर्ने तीन जनालाई प्रहरीले तत्काल पक्राउ गरेको थियो । उनीहरु बैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीका कार्यकर्ता भएको खुलेको छ ।

प्रहरीले पक्राउ गरेर लैजादै गर्दा उनीहरुले क्रान्तिकारी कम्युनिस्ट पार्टी जिन्दावाद, दलाल भिसी मुर्दावादको नारा लगाएका थिए । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता नविनकृष्ण भण्डारीले पक्राउ पर्नेहरु भीमबहादुर सार्की, खेमबहादुर थापा र शेरबहादुर कटवाल भएको जानकारी दिए ।

उनीहरूबारे थप अनुसन्धान भइरहेको पनि उनले जानकारी दिए । भिसीले बोलाए भेट गर्न गएकाहरुले नै खल्तीबाट मोविल झिकेर प्रहार गरे पनि प्रहरीले रोकेको प्रवक्ता एवम् डिएसपी भण्डारीले बताएका छन् ।

आन्दोलनरत कर्मचारी कल्याण समाजकी अध्यक्ष कविता ढकालले उक्त घटनामा आफुहरुको कुनै संलग्नता नभएको बताएकी छन् । आफुहरु भद्र आन्दोलनमै रहेको भन्दै उनले भिसिले आफुहरुसङ्ग भेट गर्न नचाहेको कारण उपकुलपति कार्यालय भित्र प्रवेश नगरेको पनि बताएकी छन् ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शिक्षक, कर्मचारीहरुको आन्दोलन जारी रहेपनि ओपिडी सेवा आंशिकरुपमा सुचारु भएको छ । आन्दोलनरत शिक्षक चिकित्सकहरुबाहेक प्रोफेसर र जुनियर रेसिडेन्टहरुले ओपिडी सेवा आंशिकरुपमा भएपनि सञ्चालनमा ल्याएका हुन् ।

प्रोफेसर र जेआरहरु पदोन्नति माग गर्नेमा पर्दैनन् । त्यसबाहेकका एसिस्टेन्ट प्रोफेसर, एशोसिएट प्रोफेसर र एडिस्नल प्रोफेसरहरु मात्र बढुवाको माग गर्ने चिकित्सकहरु हुन् । यस्तै, नर्सिङ र कर्मचारीहरु पनि आन्दोलनमा छन् ।

बढुवा हुनु नपर्ने कर्मचारीहरुलाई पनि कर्मचारी कल्याण समाजले आन्दोलनमा सहभागी हुन बाध्यकारी नभएको बताउदै आएको छ । बढुवाको माग गर्दै आन्दोलनरत शिक्षक, कर्मचारीहरुले सेवा बहिष्कार गरेपछि गत पुष २९ गतेदेखि नै ओपिडी सेवा र विद्यार्थीहरुको पठनपाठन प्रभावित भएको छ।

उच्च अदालत विराटनगरले तत्काल बढुवा नगर्न अल्पकालिन अन्तरिम आदेश दिएको र प्रतिष्ठानले पनि बढुवा प्रक्रिया तत्काललाई स्थगन गरेको जानकारी दिदै काममा फर्कन अपिल गरेपनि आन्दोलनरत पक्षले भद्र अवज्ञा आन्दोलन जारी राखेका थिए ।

केही समय बीपीको अस्तब्यस्तताबाटै आजित भएर धरान उपमहानगरका मेयरले उपकुलपतिको कार्यकक्षमा तालाबन्दी गरेका थिए । जुन ताला तत्काल खोल्न अदालतले आदेश दिएको थियो ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top