आज सुनको भाउ बढ्दा चाँदीको स्थिर

१७ माघ ८०, बुधबार
Share this
762shares

१७ माघ ,काठमाडौं ।

Advertisement

नेपाली बजारमा बुधबार पनि सुन–चाँदीको भाउ बढेको छ।मंगलबार प्रतितोला तीन सय रूपैयाँ बढेको सुनको भाउ यस दिन अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय रूपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार एक सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ५० रूपैयाँमा कारोबार भएको थियो।त्यसैगरी, बुधबार चाँदीको मूल्य स्थिर रहेको छ।आज चाँदी प्रतितोला एक हजार चार सय २० रूपैयाँमा कारोबार भइरहेको छ।

Advertisement

मंगलबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार ३४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top